News Portal

मोरङको सुनबर्षीमा खैरो हिरोईन सहित भारतीय नागरिक राहुल र नेपाली आदर्श पक्राउ

रबिन्द्र बराल, मोरङ
३२८ पटक

जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका-९ स्थित डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प नजिकैबाट खैरो हिरोइन सहित दुईजना युवा पक्राउ परेका छन्।

भारत राज्य विहार, जिल्ला अररिया, पोखरिया पञ्चायत वडा नं. ३ बस्ने राज कुमार राजाको छोरा वर्ष १९ को राहुल राजा र सुनबर्षी वडा नं. ९ डाईनिया बस्ने प्रदुमन कुमार दासको छोरा बर्ष २४ को आदर्श दासलाई नेपीलमा प्रतिबन्धित लागूऔषध सहित रङ्गेली प्रहरीले पक्राउ गरेको छ। 

विगतका दिनहरुमा  समेत आदर्श दासलाई लागू औषध ओसारपसारमा पक्राउ गरी मुद्दा समेत चलाइएको थियो ।  पुनः आदर्शलाई ठुलो मात्रै खैरो हिरो सहित प्रहरीले पक्राउ गरेको छ। निज द्वयका साथबाट लागू औषध खैरो हिरोईन ओसारपसार तथा बिक्री बितरण गर्दै आएको गोप्य विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको लागू औषध नियन्त्रण ब्यूरो  विराटनगरको  संयुक्त  टोलीले खोज तलास गर्ने क्रममा शंकाष्पद तवरले गफगाफ गरी रहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले सेतो रङको प्लाष्टिकमा लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ रहेको र उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजु सहित साठी ग्राम आठ सय पचास मिलिग्राम रहेको प्रहरीले जनाएको छ। निजहरुलाई लागू औषध ओसारपसार बेचबिखन कसुरमा मुद्दा दर्ता गरिने रङ्गेली प्रहरीका निरीक्षक सन्तोष खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...