News Portal

मोरङको सुनबर्षीमा खैरो हिरोईन सहित भारतीय नागरिक राहुल र नेपाली आदर्श पक्राउ

रबिन्द्र बराल, मोरङ
३८६ पटक

जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका-९ स्थित डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प नजिकैबाट खैरो हिरोइन सहित दुईजना युवा पक्राउ परेका छन्।

भारत राज्य विहार, जिल्ला अररिया, पोखरिया पञ्चायत वडा नं. ३ बस्ने राज कुमार राजाको छोरा वर्ष १९ को राहुल राजा र सुनबर्षी वडा नं. ९ डाईनिया बस्ने प्रदुमन कुमार दासको छोरा बर्ष २४ को आदर्श दासलाई नेपीलमा प्रतिबन्धित लागूऔषध सहित रङ्गेली प्रहरीले पक्राउ गरेको छ। 

विगतका दिनहरुमा  समेत आदर्श दासलाई लागू औषध ओसारपसारमा पक्राउ गरी मुद्दा समेत चलाइएको थियो ।  पुनः आदर्शलाई ठुलो मात्रै खैरो हिरो सहित प्रहरीले पक्राउ गरेको छ। निज द्वयका साथबाट लागू औषध खैरो हिरोईन ओसारपसार तथा बिक्री बितरण गर्दै आएको गोप्य विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको लागू औषध नियन्त्रण ब्यूरो  विराटनगरको  संयुक्त  टोलीले खोज तलास गर्ने क्रममा शंकाष्पद तवरले गफगाफ गरी रहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

प्रहरीले सेतो रङको प्लाष्टिकमा लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ रहेको र उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजु सहित साठी ग्राम आठ सय पचास मिलिग्राम रहेको प्रहरीले जनाएको छ। निजहरुलाई लागू औषध ओसारपसार बेचबिखन कसुरमा मुद्दा दर्ता गरिने रङ्गेली प्रहरीका निरीक्षक सन्तोष खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...