News Portal

दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

विकास चाम्लिङ राई, धरान
६८३ पटक

जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छन ।

मंगलवार इमोर्टल र व्रदस विच भएको अत्यन्त्य प्रतिस्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन। खेलमा इमोर्टल र व्रदसले प्रत्येक क्वाटरमा ११–१३, १२–१७, १७–११ र १९–१२ अंक जोडेका थिए ।

त्यस्तै, सोहि दिन भएको अन्य खेलमा डिपो क्याम्पस, मिराकल र यलम्वर जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेका छन। मंगलवार भएको खेलमा डिपोले युनाइटेड गोर्खालाई २९–२१, मिराकलले धरान १३ लाई ४९–१६ र यलम्वरले होराइजनलाई ५१–४७ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका हुन । 

खेलमा डिपो र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा ११–४, ४–४,३–४ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा सहज जित निकालेका मिराकल र धरान १३ ले प्रत्येक क्वाटरमा ११–२, १०–६, १२–७ र १६–४ जोडेका थिए। त्यस्तै, प्रतिस्पर्धात्मक भएको तोस्रो खेलमा यलम्वर र होराइजनले प्रत्येक क्वाटरमा १८–१५, १४–१४, ९–९ र १०–९ अंक जोडेका थिए ।

बुधबार हुने क्वाटर फाइनल खेलमा डिपोले युवा जागृति, यलम्वरले मिराकल र झापाले होलिल्याण्ड संग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ भने सेमिफाइनल खेलको समिकरण यस अघि नै पुरा भइसकेको छ । महिलातर्फ धरान मेघा र रेड डेभिल्स र आइएसए नेपाल काठमाण्डौ र इमोर्टल विच फाइनलका लागि प्रतिश्पर्धा गर्नेछ । सेमिफाइनल खेल जेष्ठ ३ गते हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरु धरान-१६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगिता जेष्ठ ४ गतेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...