News Portal

प्रहरी जवान कुट्ने गाउँपालिका अध्यक्ष मानन्धर विरुद्ध मुद्वा दायर गर्ने तयारी गरिरहेका एसपी सापकोटाको सरुवा

हिमाली संचार संवाददाता
८७५ पटक

ॠषि बस्याल
स्याङ्जा : ड्युटीमा रहेका प्रहरी जवानलाई कुटपिट गर्ने हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरविरुद्ध मुद्वा दायर गर्ने तयारी गरिरहेका स्याङ्जाका एसपी जयराज सापकोटालाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी जयराज सापकोटा पोस्टिङ्ग भएको छ महिना नपुग्दै काठमाडौं महानगरीय ट्राफिक महाशाखामा काजमा सरुवा गरिएको हो ।

गाउँपालिका अध्यक्ष मानन्धरले दार्सिंङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरीलाई युवाको झगडाको निहुँमा कुटपिट गरेका थिए । गत बर्षको कार्यक्रममा अध्यक्ष मानन्धरले चितवन पोखरा भिमादका गुण्डाहरु प्रयोग गरेर चापाकोटका युवाहरूको दश वटा मोटर साईकल तोडफोड गरिदिएको आरोप छ । बिगतको घटनाले गर्दा पुन यो घटना दोहोरिएको स्थानीय बासिन्दाले बताए।

हरिनास घटनाका बेला बाहिर रहेका तरूण नेता बिश्वास पुरीलाई बिना कारण मुद्धा चलाई पक्रन समेत एसपी सापकोटालाई चर्को दबाब रहेको थियो । हरिनाश घटनाको मुख्य आरोपीमा बिश्वास पुरी, लाल बहादुर राना, निर्मल राना र प्रदिप गिरीको नाममा सार्बजानिक मुद्धा चलाइएको छ ।

यसैबिच बिना कारण झुटा मुद्धा लगाई आफ्ना कार्यकर्ता फसाउन खोजिए अब चुप लागेर नबस्ने नेपाली कांग्रेस स्याङ्जाका सचिब कुमार रानाले बताएका छन् । जनदिशाबाट

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...