News Portal

प्रहरी जवान कुट्ने गाउँपालिका अध्यक्ष मानन्धर विरुद्ध मुद्वा दायर गर्ने तयारी गरिरहेका एसपी सापकोटाको सरुवा

हिमाली संचार संवाददाता
९२७ पटक

ॠषि बस्याल
स्याङ्जा : ड्युटीमा रहेका प्रहरी जवानलाई कुटपिट गर्ने हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरविरुद्ध मुद्वा दायर गर्ने तयारी गरिरहेका स्याङ्जाका एसपी जयराज सापकोटालाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी जयराज सापकोटा पोस्टिङ्ग भएको छ महिना नपुग्दै काठमाडौं महानगरीय ट्राफिक महाशाखामा काजमा सरुवा गरिएको हो ।

गाउँपालिका अध्यक्ष मानन्धरले दार्सिंङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरीलाई युवाको झगडाको निहुँमा कुटपिट गरेका थिए । गत बर्षको कार्यक्रममा अध्यक्ष मानन्धरले चितवन पोखरा भिमादका गुण्डाहरु प्रयोग गरेर चापाकोटका युवाहरूको दश वटा मोटर साईकल तोडफोड गरिदिएको आरोप छ । बिगतको घटनाले गर्दा पुन यो घटना दोहोरिएको स्थानीय बासिन्दाले बताए।

हरिनास घटनाका बेला बाहिर रहेका तरूण नेता बिश्वास पुरीलाई बिना कारण मुद्धा चलाई पक्रन समेत एसपी सापकोटालाई चर्को दबाब रहेको थियो । हरिनाश घटनाको मुख्य आरोपीमा बिश्वास पुरी, लाल बहादुर राना, निर्मल राना र प्रदिप गिरीको नाममा सार्बजानिक मुद्धा चलाइएको छ ।

यसैबिच बिना कारण झुटा मुद्धा लगाई आफ्ना कार्यकर्ता फसाउन खोजिए अब चुप लागेर नबस्ने नेपाली कांग्रेस स्याङ्जाका सचिब कुमार रानाले बताएका छन् । जनदिशाबाट

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...