गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको छ । शनिबार आयोजित नयाँ वर्ष २०८१ सालको शुभकामना आदान-प्रदान कार्यक्रममा “धरान खेलकुद मञ्च”ले पत्रकारिताको माध्यमबाट खेलकूद क्षेत्रमा अमुल्य योगदान दिएको ठहर गर्दैं गोरखापत्रकर्मी राईलाई सुनसरीको धरानमा पहिलो पटक मिडिया अवार्ड प्रदान गरेको हो।
धरान उपमहानगरपालिका साकेला पार्क स्थित धरानमा आयोजित एक कार्यक्रममा पत्रकार राईलाई मिडिया अवार्ड प्रदान गरिएको हो। धरान – ११ को वडाध्यक्ष लोकेन्द्र फागो र धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंध सुनसरीको अध्यक्ष जनकऋषि राईलगायतले उक्त सम्मान-पत्र सहित नगद ११ हजार रुपैया प्रदान गरिएको थियो।
पूर्वाञ्चको सुनसरी धरानमा रहेर गोरखापत्र दैनिक र विजयपुर एफएम धरानको समाचारदाताको रुपमा कार्यरत राईलाई उक्त मिडिया अवार्ड प्रदान गरिएको हो। मञ्चले यही बर्षबाट मिडिया अवार्ड प्रदान गर्न सुरु गरेको धरान खेलकुद मञ्चको अध्यक्ष किशोर राईले बताए ।
धरानमा यो बर्ष ओलम्पिक डे समेत भव्य रूपमा मनाउने कार्यक्रम तय गरिने राईले बताए। यो बर्ष धरानमा खेलकूदलाई एक कदम अघि बढाउन वार्षिक कार्यक्रमको विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश खेलकूद सदस्य सचिव हशंराज वाग्लेले आगामी बजेटमा धरान खेलकूद मञ्च कार्यक्रममा सहयोग गर्ने समेत बताए।

















