News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साउदी गएका भुपाल विमानस्थलबाट सिधै जेलपरेपछि..

    हिमाली संचार संवाददाता
    ५५७ पटक

    उजिर कार्की 
    काठमाडौँ : २०७३ सालको जेठ ९ गते सुनसरीका भुपाल बस्नेत साउदी अरेबियाका लागि बाटो लागेका थिए। १० गते साउदी पुगेपछि उनले श्रीमती सरितालाई फोन गरे। त्यो फोन श्रीमान् पुगेको खुशीभन्दा पीडाको बढी थियो।

    भुपाल साउदीमा पहिले पनि बसेर फर्किएका थिए। सवारी दुर्घटनामा साउदीका नागरिकको ज्यान गएपछि मुद्दा खेपेर फर्किएका उनको पहिलेकै मुद्दा मिलिसकेको रहेनछ। पहिले उनले काम गरेको कम्पनीले सबै मिलिसक्यो भनेर उनलाई नेपाल फर्काएको थियो।

    त्यही भएर उनी ढुक्कले फेरि साउदी गए। तर, अध्यागमनले विमानस्थलमा औँठा छाप लिँदा उनको नाममा सवारी ज्यान मुद्दा देखियो।

    त्यही मुद्दाले १३ महिना घर बसेर फर्किएका भुपाल जेल परे। उनीसँगै गएका साथीहरु काममा लागे। तर, भुपाललाई प्रहरीले विमानस्थलबाट वुरेदाह जेलमा पुर्यायो।

    यस्तो छ घटना
    भुपाल ६ वर्ष पहिले जाँदा साउदीको अल हमिद कम्पनीमा सवारी चालकमा कार्यरत थिए। भुपालले चलाएको गाडी दुर्घटनामा परी एक जना साउदी नागरिकको ज्यान गएको हुनाले भुपालको गल्ती देखियो।

    त्यो घटनामा उनलाई क्षतिपूर्तिवापत साउदी रियाल ७५ हजार ३ सय तिर्नुपर्ने गरी अदालतबाट फैसला भयो। त्यो समयमा कम्पनीले क्षतिपूर्ति रकमको जिम्मा लिएको थियो। भुपालले पनि साउदी बस्दा तीन वर्षसम्म तारेख धाएका थिए।

    तर, कम्पनीले भुक्तानी गरेको भनिएको रकम बुझाउन बाँकी नै देखियो। यही कारण भुपाल पनि गैरकानुनी रुपमा साउदीबाट नेपाल फर्किएको देखियो।

    भुपालको मुद्दा बुझ्न साउदीस्थित नेपाली दूतावासको टोली पनि धेरै पटक जेलमा पुगेको दाबी गरेको छ। रोजगारदातासँग पनि उनीहरुले घटनाबारे बुझेका थिए।

    तर, पूरानो रोजगारदाताले सबै कुरा मिलाएर पठाएको जनाउँदै फेरि साउदी जान नहुने बताउँछ। ‘किन फेरि साउदी आएको? उनी आफैँ जिम्मेवार छन्, म केही गर्न सक्दिन, केही गर्दिन भन्छ,’ दूतावासले भनेको छ। नयाँ कम्पनीमा भुपाल नपुगेकाले उनले जिम्मेवारी लिने, सहयोग गर्ने कुरै भएन। अब अदालतले तोकेको रकम परिवारले साउदीका पीडित परिवारलाई बुझाउनु पर्ने हुन्छ।

    पीडित परिवारलाई पटक–पटक रकम मिनाह गर्न अनुरोध गर्दा पनि अस्वीकार गरेकाले रकम नतिरेसम्म रिहाई हुने सम्भावना नरेहको दूतावासले जनाएको छ।

    सहयोगका लागि परिवारको आग्रह
    भुपालको उद्दारका लागि श्रीमती सरिताले आग्रह गरेकी छन्। ‘यस्तो होला भन्ने केही पनि थाहा भएन,’ सरिताले भनिन्, ‘दशा लागेको रहेछ कसैलाई बुझेनौँ पनि।’

    परिवारको आग्रहपछि विभिन्न ठाउँबाट सहयोग पनि जुट्न थालेको छ। एनआरएनए साउदीको पहलमा जुटेको १६ हजार रियाल प्रवासी नेपाली समन्वय समितिलाई हस्तान्तरण गरेको छ। जम्मा ६ लाख ९३ हजार ३ सय ४ रुपैयाँ सहयोग रकम उठेको छ। झण्डै २३ लाख रुपैयाँ आवश्यक पर्छ।

    प्रेम राई बचाऊ अभियानले पनि दुई लाख रुपैयाँ सहयोग गरेको छ। अहिले भुपाललाई उद्दार गर्न प्रवासी नेपाली समन्वय समितिले अग्रसरता देखाएको छ।

    विभिन्न देशमा रहेका नेपाली, एनआरएन र संघसंस्थासँग समन्वय गरेर भुपालले तिर्नुपर्ने ब्लडमनीवापतको रकम जुटाउने पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताएका छन्।

    भुपालले अहिले पनि बेला–बेला जेलबाटै सरितालाई फोन गर्ने गरेका छन्। सरिताले भनिन्, ‘पैसा जुटायौं भने फर्किन्छु भन्नु भएको छ, सहयोग त जुट्दै छ, तर, धेरै चाहिने भएकाले सबैको सहयोग आवश्यक पर्यो।’

    प्रतिकृया दिनुहोस्

    महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

    चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका...

    हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

    काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार...

    प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

    काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको...

    दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

    काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे...

    भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

    काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ...