News Portal

साउदी गएका भुपाल विमानस्थलबाट सिधै जेलपरेपछि..

हिमाली संचार संवाददाता
६९४ पटक

उजिर कार्की 
काठमाडौँ : २०७३ सालको जेठ ९ गते सुनसरीका भुपाल बस्नेत साउदी अरेबियाका लागि बाटो लागेका थिए। १० गते साउदी पुगेपछि उनले श्रीमती सरितालाई फोन गरे। त्यो फोन श्रीमान् पुगेको खुशीभन्दा पीडाको बढी थियो।

भुपाल साउदीमा पहिले पनि बसेर फर्किएका थिए। सवारी दुर्घटनामा साउदीका नागरिकको ज्यान गएपछि मुद्दा खेपेर फर्किएका उनको पहिलेकै मुद्दा मिलिसकेको रहेनछ। पहिले उनले काम गरेको कम्पनीले सबै मिलिसक्यो भनेर उनलाई नेपाल फर्काएको थियो।

त्यही भएर उनी ढुक्कले फेरि साउदी गए। तर, अध्यागमनले विमानस्थलमा औँठा छाप लिँदा उनको नाममा सवारी ज्यान मुद्दा देखियो।

त्यही मुद्दाले १३ महिना घर बसेर फर्किएका भुपाल जेल परे। उनीसँगै गएका साथीहरु काममा लागे। तर, भुपाललाई प्रहरीले विमानस्थलबाट वुरेदाह जेलमा पुर्यायो।

यस्तो छ घटना
भुपाल ६ वर्ष पहिले जाँदा साउदीको अल हमिद कम्पनीमा सवारी चालकमा कार्यरत थिए। भुपालले चलाएको गाडी दुर्घटनामा परी एक जना साउदी नागरिकको ज्यान गएको हुनाले भुपालको गल्ती देखियो।

त्यो घटनामा उनलाई क्षतिपूर्तिवापत साउदी रियाल ७५ हजार ३ सय तिर्नुपर्ने गरी अदालतबाट फैसला भयो। त्यो समयमा कम्पनीले क्षतिपूर्ति रकमको जिम्मा लिएको थियो। भुपालले पनि साउदी बस्दा तीन वर्षसम्म तारेख धाएका थिए।

तर, कम्पनीले भुक्तानी गरेको भनिएको रकम बुझाउन बाँकी नै देखियो। यही कारण भुपाल पनि गैरकानुनी रुपमा साउदीबाट नेपाल फर्किएको देखियो।

भुपालको मुद्दा बुझ्न साउदीस्थित नेपाली दूतावासको टोली पनि धेरै पटक जेलमा पुगेको दाबी गरेको छ। रोजगारदातासँग पनि उनीहरुले घटनाबारे बुझेका थिए।

तर, पूरानो रोजगारदाताले सबै कुरा मिलाएर पठाएको जनाउँदै फेरि साउदी जान नहुने बताउँछ। ‘किन फेरि साउदी आएको? उनी आफैँ जिम्मेवार छन्, म केही गर्न सक्दिन, केही गर्दिन भन्छ,’ दूतावासले भनेको छ। नयाँ कम्पनीमा भुपाल नपुगेकाले उनले जिम्मेवारी लिने, सहयोग गर्ने कुरै भएन। अब अदालतले तोकेको रकम परिवारले साउदीका पीडित परिवारलाई बुझाउनु पर्ने हुन्छ।

पीडित परिवारलाई पटक–पटक रकम मिनाह गर्न अनुरोध गर्दा पनि अस्वीकार गरेकाले रकम नतिरेसम्म रिहाई हुने सम्भावना नरेहको दूतावासले जनाएको छ।

सहयोगका लागि परिवारको आग्रह
भुपालको उद्दारका लागि श्रीमती सरिताले आग्रह गरेकी छन्। ‘यस्तो होला भन्ने केही पनि थाहा भएन,’ सरिताले भनिन्, ‘दशा लागेको रहेछ कसैलाई बुझेनौँ पनि।’

परिवारको आग्रहपछि विभिन्न ठाउँबाट सहयोग पनि जुट्न थालेको छ। एनआरएनए साउदीको पहलमा जुटेको १६ हजार रियाल प्रवासी नेपाली समन्वय समितिलाई हस्तान्तरण गरेको छ। जम्मा ६ लाख ९३ हजार ३ सय ४ रुपैयाँ सहयोग रकम उठेको छ। झण्डै २३ लाख रुपैयाँ आवश्यक पर्छ।

प्रेम राई बचाऊ अभियानले पनि दुई लाख रुपैयाँ सहयोग गरेको छ। अहिले भुपाललाई उद्दार गर्न प्रवासी नेपाली समन्वय समितिले अग्रसरता देखाएको छ।

विभिन्न देशमा रहेका नेपाली, एनआरएन र संघसंस्थासँग समन्वय गरेर भुपालले तिर्नुपर्ने ब्लडमनीवापतको रकम जुटाउने पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताएका छन्।

भुपालले अहिले पनि बेला–बेला जेलबाटै सरितालाई फोन गर्ने गरेका छन्। सरिताले भनिन्, ‘पैसा जुटायौं भने फर्किन्छु भन्नु भएको छ, सहयोग त जुट्दै छ, तर, धेरै चाहिने भएकाले सबैको सहयोग आवश्यक पर्यो।’

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...