News Portal

  • मोरङको रतुवामाई नगरपालिका स्थानीयद्वारा घेराउ

    रबिन्द्र बराल, मोरङ
    २९५ पटक

    बैशाख-९, आइतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न  सामाजिक अभियानकर्ताहरूले गरिब तथा अति विपन्न परिवारका लागि दिएको खाद्यान्न वितरण नगरेर खाल्डो खनेर गाडेपछि आज स्थानीयले नगरपालिका घेराउ गरेका छन ।

    स्थानीयहरूले प्ले कार्ड सहित नगर प्रमुखको राजीनामा दे! भ्रष्टाचार प्रतिनिधि मुर्दामाद! जस्ता नारा  लेखेका प्ले कार्ड सहित नारावाजी गरेका थिए। स्थानीय ज्ञापनपत्रमा कोरोना कालमा विभिन्न व्यक्तिहरुबाट र राज्यबाट सहयोग स्वरुप नगरमा बुझाएको नगद तथा जिन्सी राहत सामाग्री विवरण कुन कुन मितिमा कहाँबाट के कति जम्मा भएको हो ।  कहाँ कति राहत सामग्री वितरण गरियो? सो को सम्पूर्ण वुवरण माग गरिएको थियो। 

    अनुदानमा आएको म्याद विनाको जैविक मल तथा विउविजन समेत जनतालाई वितरण नगरी विदाको दिन पारेर मोरङको रतुवा खोला स्थित बगरमा पुरिएको बारेमा समेत प्रष्ट पार्नुपर्ने माग राखिएको छ। राहत सामाग्री कुन मितिमा गाडिएको र गाडिनु पर्ने कारण समेत माग गरिएको थिए। 

    उक्त खाल्डोमा मुसुरीको दाल, चामल रासायनिक मल सहित विभिन्न सागसब्जीका बिउ बिजन समेत गाडिएको ठाउँबाट उत्खनन गरी निकालिएको थियो। उत्खनन गरेर निकालेका अधिकांश सामग्रीहरू कुएर नष्ट भइसकेको थियो। बिउबिजन भने सुरक्षित रहेको हुनाले स्थानीय कृषकहरूले बिउबिजन देखेपछि आक्रोसित भएका थिए।  

    उनीहरुले भने आफूहरुले बिउभिजन लिनजाँदा  विभिन्न वहाना बनाउने तर यसरी खोलाको किनारमा ल्याएर गाडेको समेत आरोप लगाएछन्। यसरी जनप्रतिनिधिहरुले कृषकहरूलाई आएको अनुदानसमेत यसरी गाडिएको हुदा आपत्ति जनाएका छन। नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाईले सो कुरा आफूलाई थाह नभएको भन्दै पन्छिन खोजेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...