News Portal

बंगलादेशले छाड्यो चीनको साथ

हिमाली संचार संवाददाता
७२६ पटक

एजेन्सी : बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि चीनको योजनाबाट बाहिरिने निर्णय गरेको थियो ।

बंगलादेशको यस वर्षका सबैभन्दा ठूलो संरचना निर्माणको योजनाको रुपमा रहेको पद्मा नदीमा निर्माण गरिन लागेको २० किलोमिटरको पुल आफैं निर्माण गर्ने भएको हो । यो पुलमा दुई रेल तथा दुई सडक मार्ग रहनेछन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले यो योजनाको लागि ३० करोड स्थानीय मुद्रा खर्च हुने अनुमान गरेकी छिन् ।

सो योजना कहिले पूरा हुने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।  यस विषयका जानकार रहेका एक व्यक्तिले यसका लागि कुनै पनि मुलुकबाट आर्थिक सहायता नलिइएको बताएका छन् ।
बंगलादेशले आफैंले निर्माण गर्ने तयारी गरेको यो पुलले दक्षिण–पूर्वी एसियालाई जोड्नेछ । यसका लागि सबैभन्दा पहिले विश्व बैंकसँग सहयोग माग गरिएको थियो ।

यो पुलले बंगलादेशको राजधानी सहरलाई मुलुकको आर्थिक हिसाबमा पछि परेको पश्चिम क्षेत्रसँग पनि जोड्न सकिने बताइएको छ । यसअघिको सरकारले यो पुलबाट बंगलादेशको सम्प्रुभतामा असर पर्नसक्ने बताएको थियो । अहिलेको सरकार भने यो पुलको योजनाले मुलुकलाई उल्लेख्य सहयोग पुग्ने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...