News Portal

बंगलादेशले छाड्यो चीनको साथ

हिमाली संचार संवाददाता
६६३ पटक

एजेन्सी : बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि चीनको योजनाबाट बाहिरिने निर्णय गरेको थियो ।

बंगलादेशको यस वर्षका सबैभन्दा ठूलो संरचना निर्माणको योजनाको रुपमा रहेको पद्मा नदीमा निर्माण गरिन लागेको २० किलोमिटरको पुल आफैं निर्माण गर्ने भएको हो । यो पुलमा दुई रेल तथा दुई सडक मार्ग रहनेछन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले यो योजनाको लागि ३० करोड स्थानीय मुद्रा खर्च हुने अनुमान गरेकी छिन् ।

सो योजना कहिले पूरा हुने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।  यस विषयका जानकार रहेका एक व्यक्तिले यसका लागि कुनै पनि मुलुकबाट आर्थिक सहायता नलिइएको बताएका छन् ।
बंगलादेशले आफैंले निर्माण गर्ने तयारी गरेको यो पुलले दक्षिण–पूर्वी एसियालाई जोड्नेछ । यसका लागि सबैभन्दा पहिले विश्व बैंकसँग सहयोग माग गरिएको थियो ।

यो पुलले बंगलादेशको राजधानी सहरलाई मुलुकको आर्थिक हिसाबमा पछि परेको पश्चिम क्षेत्रसँग पनि जोड्न सकिने बताइएको छ । यसअघिको सरकारले यो पुलबाट बंगलादेशको सम्प्रुभतामा असर पर्नसक्ने बताएको थियो । अहिलेको सरकार भने यो पुलको योजनाले मुलुकलाई उल्लेख्य सहयोग पुग्ने बताउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...