News Portal

  • युएइको अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    रामप्रसाद ढुंगेल, दुबई
    ७०३ पटक

    बैशाख-८, शनिबार/युएइ –  गैर-आवासीय नेपाली संघ युएइ शाखाको अग्रसरतामा युएइको राजधानी अबुधाबीमा आज एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अबुधाबी स्थित अहेलिया अस्पतालको प्राविधिक सहयोगमा एनआरएनए युएइले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

    युएइको अबुधाबीको हमदान स्टृट स्थित अल अहालिया हस्पिटलमा सञ्चालन भएको स्वास्थ्य शिविरमा करिब ५० जनाले स्वास्थ्य लाभ लिएको अहेलिया अस्पतालकी जनसम्पर्क अधिकारी प्रज्ञा घिमिरेले जानकारी दिईन् ।

    भिजिट भिजामा आएका, ईमिरेट्स आईडी र स्वास्थ्य विमा नभएका २० वर्षदेखि ६५ वर्षसम्मका बिरामीहरुले नि:शुल्क स्वास्थ्य सेवा लिएको घिमिरेले बताईन् ।

    नि:शुल्क स्वास्थ्य शिविरमा अहेलिया अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने एनआरएनएका तर्फबाट उपाध्यक्षद्वय सोनम श्रेष्ठ र फडिन्द्र ढकालले सहजीकरण गरेका थिए । 

    आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण, ब्लड प्रेसर, सुगर लगायत जनरल फिजिसियनले आवश्यक स्वास्थ्य सल्लाह दिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...