News Portal

धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

हिमालीसंचार संवाददाता
९४६ पटक

बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु पक्राउ परेका छन्।

धरान वडा नं. २० स्थित कार्कीछाप जंगलबाट लागूऔषध गाँजासहित तीन जना युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धरान-११ का २६ वर्षीय सानु राई, धरान-११ कैं २५ वर्षीय नकुल राई र धरान-१८ का २० वर्षीय प्रज्वल भुजेल पक्राउ गरिएको प्रहरीले जानकारी दिएका हुन्।

धरान-२० स्थित कार्कीछाप जंगलमा लागूऔषध गाँजा लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त जंगलमा खोजी गर्ने क्रममा लागूऔषध गाँजा ओसारपसारमा संलग्न तीन जना युवाहरु पक्राउ परेका प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरूको साथबाट धारिलो धरेलु हतियार तरबार ३ थान, स्टिलको पाइप एक थानसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...