News Portal

धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

हिमालीसंचार संवाददाता
९६२ पटक

बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु पक्राउ परेका छन्।

धरान वडा नं. २० स्थित कार्कीछाप जंगलबाट लागूऔषध गाँजासहित तीन जना युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धरान-११ का २६ वर्षीय सानु राई, धरान-११ कैं २५ वर्षीय नकुल राई र धरान-१८ का २० वर्षीय प्रज्वल भुजेल पक्राउ गरिएको प्रहरीले जानकारी दिएका हुन्।

धरान-२० स्थित कार्कीछाप जंगलमा लागूऔषध गाँजा लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त जंगलमा खोजी गर्ने क्रममा लागूऔषध गाँजा ओसारपसारमा संलग्न तीन जना युवाहरु पक्राउ परेका प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरूको साथबाट धारिलो धरेलु हतियार तरबार ३ थान, स्टिलको पाइप एक थानसहित प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...