News Portal

मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

रबिन्द्र बराल, मोरङ
७७६ पटक

बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते घरदैलो अभियान संचालन गरेको छ।

स्थानीय स्तरका “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मुल नाराका साथ विधालयले भर्ना अभियान संचालन गरेको जनाएको छ। 

बाल कक्षा देखि कक्षा ९ सम्म भर्ना अभियान सुरु गरिएको छ। बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु, शिक्षक-शिक्षिकाहरु तथा कर्मचारीहरुले स्थायको घर-घरमा पुगेर बिधालय जाने तथा नजाने २ बर्ष देखिका बालबालिकाहरुका अभिभावकहरुलाई सम्झाई बुझाई बिधालय पठाउन आग्रह गरेका छन। 

नेपाल सरकारले कुनै पनि बालबालिका बिधालय जानबाट बन्चित गर्न नहुन भन्दै यस्तो अभियान संचालन गरेको छ। विस २०४१ सालमा स्थापना भएको बिधालयमा हाल ४ सय ६८ जाना बिधार्थीहरुले अध्ययन अध्यापन गरिरहेका बिधालयका प्रधानाध्यापक विश्वर सिंह मेवाहाङले बताए । 

बिधालयले यो शैक्षिक शत्र-बर्षदेखि बाल कक्षा र १ कक्षामा अङ्‌ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने समेत जानकारी गराएका छन। विद्यार्थी भर्ना गर्नु हाम्रो सामाजिक दायित्व हो। आउनुहोस् आदरणीय अभिभावक ज्यूहरु “हामी सबै मिलेर प्रण गरौं!” सामुदायिक शिक्षामा सवलीकरण गरौं भन्दै आफूहरुले दुई दिने घरदैलो अभियान संचालन गरिएको प्राध्यापक विश्वर सिंह मेवाहाङले हिमालीसंचारडटकमसंग बताए ।

तस्वीरः रबिन्द्र बराल, मोरङ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...