News Portal

लायन्स जगत गुरुङद्धारा श्री मावि धरानलाई पंखा सहयोग

विकास चाम्लिङ राई, धरान
२६६ पटक

बैशाख-५, बुधबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरका पूर्वअध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत बहादुर गुरुङद्धारा धरान १७ स्थित श्री माध्यमिक विद्यालयलाई-१२ थान पंखा सहयोग गरेका छन ।

गुरुङले आफ्नो दिवंगत श्रीमति प्रेमकुमारी गुरुङको स्मृतिमा मंगलबार विद्यालयमा नै पुगेर पंखा सहयोग सामग्री हस्तान्तरण गरेका थिए। गुरुङले करिब २५ हजार रुपैया बराबरको पंखा सहयोग सामग्री जगतबहादुर गुरुङ, उनको छोरी लायन्स लिडर रेखा गुरुङ र निवर्तमान डिस्ट्रिक गभर्नर लायन्स धिरज गुरुङले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मदन राईलाई हस्तान्तरण गरेका थिए । 

उनले हरेक वर्ष आफ्नो स्वर्गिए श्रीमतिको नाममा सामाजिक कार्य गर्दै आइरहेको जगतबहादुर गुरुङले आयोजित उक्त कार्यक्रममा बताए। धरानमा गर्मी मौसम सुरु भए संगै कक्षा कोठामा विद्यार्थीका लागि पंखाको अभाव भएको विद्यालयले केहि दिन अघि लायन्स क्लवलाई जानकारी गराएको रहेछ।

छोरी रेखाबाट उक्त कुरो थाह पाएपछि यो पटक आफ्नो श्रीमतिको स्मृतिमा यस विद्यालयलाई पंखा सहयोग गरेको गुरुङले जानकारी गराए । विद्यालयलाई पंखा सहयोग गर्न पाउदा खुशी भएको गुरुङले बताए। धरान-१० पुतली लाइन निवासी पूर्व बिट्रिस सैनिक समेत रहेका गुरुङले हाल बेलायत बस्दै आइरहेको छन् ।

धरान- १७ क्षितिज टोल स्थित श्री मावि धरानमा नर्सरीदेखि कक्षा-१० सम्म संचालन रहेको छ। केहि दिन अघि लायन्स क्लवले विद्यालयका विद्यार्थीहरुलाई एक हजार थान कापी र कलम समेत हस्तान्तरण गरेको थियो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, विद्यालयका प्रधानध्यापक रवी भुजेल, लायन्स टंक गुरुङ, लायन्स उमा ताम्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...