News Portal

मोरङमा राजवंशी समुदायले मनाए कद सिरुवा

रबिन्द्र बराल, मोरङ
३३८ पटक
२०८१ बैशाख १ गते शनिबार

मोरङ। राजवंशी, ताजपुरीया समाज विकास रंगेलीले नयाँ बर्षको उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

२०८० साललाई बिदाइ गर्दे नयाँ बर्ष २०८१ साललाई स्वागत गर्दे राजवंशी, ताजपुरीया समुदायले विशेष दिनको रुपमा सिरुवा पर्व मनाउँदै आईरहेको छ। कार्यक्रममा राजवंशी समुदायले आफ्नो पहिचान गर्ने उदेश्यले हरेक बर्ष सिरुवा पर्वको उपल्क्षयमा विभिध कार्यक्रमको आयोजना गर्दे, एक आपसमा हिलो दल्दै उनीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए।

उनिहरुले चैत्र ३० गते विभिन्न प्रकारका मिष्ठान पकुवानहरु पकाएर साेहि दिन खाने र उक्त परिकार पुनः बैशाख १ गते खाने चालन समेत रहेको छ। त्यसैगरी बैशखा १ गते काद सिरुवा, २ गते सिरुवा र ३ गतेदेखि मोरङको सिमाक्षेत्रमा रहेको विभिन्न थानहरुमा विशेष पुजा पाठ गर्ने र मेलामा समेत सहभागी हुने चलन रहेको छ।

कार्यक्रमको प्रमुख अतिथि केशव कुमार राजवंशी विशिष्ट अतिथि, करमचन्द राजवंशी, अमासु ताजपुरिया, भीमलाल राजवंशी, झरीलाल राजवंशी, स्थानीय मनोज राजवंशी, मानबहादुर ताजपुरिया लगायतको समेत सहभागिता रहेको थियो।

कार्यक्रम सहभागीहरुलाई राजवंशी गितमा नृत्य समेत देखाएर मनोरञ्जन समेत गराएका थिए। अथितीहरुले राजवंशी समुदायको पर्व लोप हुदै गएको र नयाँ युवा पुस्ताले सिरुवा पर्वको महत्व नबुझेर लोप हुने अवस्थामा रहेको बक्ताहरु बताए।

राजवंशी समुदायका युवायुवतीहरुले तराईमा लाग्ने मेलामा केटा र केटीहरुले बिवहाका लागि हेर्ने र मन पराएमा केटी पक्षको घरमा गएर बिवाहको कुरा समेत अगाडि बडाउने चलन समेत रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...