News Portal

मोरङमा राजवंशी समुदायले मनाए कद सिरुवा

रबिन्द्र बराल, मोरङ
३९८ पटक
२०८१ बैशाख १ गते शनिबार

मोरङ। राजवंशी, ताजपुरीया समाज विकास रंगेलीले नयाँ बर्षको उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

२०८० साललाई बिदाइ गर्दे नयाँ बर्ष २०८१ साललाई स्वागत गर्दे राजवंशी, ताजपुरीया समुदायले विशेष दिनको रुपमा सिरुवा पर्व मनाउँदै आईरहेको छ। कार्यक्रममा राजवंशी समुदायले आफ्नो पहिचान गर्ने उदेश्यले हरेक बर्ष सिरुवा पर्वको उपल्क्षयमा विभिध कार्यक्रमको आयोजना गर्दे, एक आपसमा हिलो दल्दै उनीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए।

उनिहरुले चैत्र ३० गते विभिन्न प्रकारका मिष्ठान पकुवानहरु पकाएर साेहि दिन खाने र उक्त परिकार पुनः बैशाख १ गते खाने चालन समेत रहेको छ। त्यसैगरी बैशखा १ गते काद सिरुवा, २ गते सिरुवा र ३ गतेदेखि मोरङको सिमाक्षेत्रमा रहेको विभिन्न थानहरुमा विशेष पुजा पाठ गर्ने र मेलामा समेत सहभागी हुने चलन रहेको छ।

कार्यक्रमको प्रमुख अतिथि केशव कुमार राजवंशी विशिष्ट अतिथि, करमचन्द राजवंशी, अमासु ताजपुरिया, भीमलाल राजवंशी, झरीलाल राजवंशी, स्थानीय मनोज राजवंशी, मानबहादुर ताजपुरिया लगायतको समेत सहभागिता रहेको थियो।

कार्यक्रम सहभागीहरुलाई राजवंशी गितमा नृत्य समेत देखाएर मनोरञ्जन समेत गराएका थिए। अथितीहरुले राजवंशी समुदायको पर्व लोप हुदै गएको र नयाँ युवा पुस्ताले सिरुवा पर्वको महत्व नबुझेर लोप हुने अवस्थामा रहेको बक्ताहरु बताए।

राजवंशी समुदायका युवायुवतीहरुले तराईमा लाग्ने मेलामा केटा र केटीहरुले बिवहाका लागि हेर्ने र मन पराएमा केटी पक्षको घरमा गएर बिवाहको कुरा समेत अगाडि बडाउने चलन समेत रहेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...