News Portal

सुनवर्षी महाराज ग्रामथान संरक्षण र धार्मिक तथा पर्यटकीय मेला सुरु

रविन्द्र बराल
५०९ पटक
२०८१ बैशाख १ गते शनिबार

मोरङ्ग। मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाेदेखि मेला तथा विशेष पुजाआजा भएको छ। सुनवर्सि थान मंन्दिरमा विशेष पुजाआजा हुनुका साथै मेला भर्ने भक्तजनहरुकाे समेत उल्लेख्य हरुकाे सहभागीता रहेको थियोे।

प्रत्येक बर्ष बैशाख १ गतेका दिन तराईका विभिन्न देवि देवताहरु बासस्थान रहेकाे ठाउँमा झकिझकाउ बनाएर सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भएपछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने चलन समेत रहेको छ।

तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन।

सुनवर्सिबाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलनसमेत रहेको छ। उक्त मेलामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन्।

सुनवर्षी महारजाको ग्राम पूजाअर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समितिकाे भएता पनि रतुवामाई नगरपालिकाले साे मंन्दिरलाई बेवास्ता समेत गरेको वडाअध्यक्ष कुमार बुडाथाेकीले बताए।

५० वर्षअगाडिदेखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ। तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ।

सुनवर्षी महाराज ग्रामथान संरक्षण र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको र यसमा प्रदेश सरकारले समेत महत्त्वपूर्णका साथ हेर्नुपर्ने कुरामा जाेड दिनुपर्ने बुडाथाेकीले बताए।

यसको संरक्षण र विकास नै हाम्रो चासो रहेको र सबै पक्षले आ-आफ्नाे ठाउँबाट लागि परे साे ठाउँको बिकास गर्ने सहज हुने र सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा राम्रो हुने बुडाथाेकीले बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...