News Portal

रंगेली-कानेपोखरी स्थित गेउरीया पुलको निर्माण कार्यले गति लियो

रबिन्द्र बराल, मोरङ
३७० पटक

चैत्र-३०, शुक्रबार/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्डअन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको बारेमा बेलाबखत निक्कै चर्चाको बिषय बन्दै आएता पनि अहिले भने सो पुलको दायाँ-बायाँ किनारमा माटो भर्न थालिएको छ। 

केही दिन अगाडि मात्रै उक्त पुलको निरीक्षणका लागि अख्तियार आयोग र सडक विभागबाट अनुगमनका लागि टोली आएको थियो। टोलीले काम सुचारु गर्ने निर्देशन समेत दिएको थियो। पुलमा रेलिङ, र पुलको उत्तर र दक्षिणतर्फको ढलानको काम समेत बाँकी नै रहेको हुनाले अहिले पनि उक्त पुल सञ्चालनमा नआउने स्थानीय महेश टुडुले बताए ।  

फिचर एण्ड सराउद्धिन जेवीका प्रमुख सराउद्विन जेवीका प्रमुख सराउद्घिन अनसारीका अनुसार बैशाख भित्रमा उक्त पुल निर्माण कार्य सम्पन्न गरेर यातायात सुचारु गर्ने बताएका छन्।  

पुलको निर्माणकार्य २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेवीले ठेक्का १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो। उक्त पुल निर्माणका लागि नौ वर्ष बितिसक्दा समेत १५ मिटरको पुल निर्माण कार्य सम्पन्न हुन नसकेको हो। 

ठेक्केदारको लापरबाहीका कारण समय अबधिमा पुल निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनीलाई किन सडक विभागका प्रमुखहरुको ध्यानाकर्षण नहुदा स्थानीयले बर्षौदेखि सास्ति भोग्न बाध्य भएका छन।

दैनिक उक्त सडकबाट सयौं संख्यमा सवारीसाधनहरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्षित भएका थिए। तर, अहिले पुलको उत्तर दक्षिणमा अहिले माटो हाल्ने काम धमाधम भइरहेको छ। 

माटोको काम सुरु भएतापनि स्थानीयले भने उक्त पुल निर्माण कार्य नहुने बताउँदै आएका छन्। नौ वर्षको अवधिमा उक्त स्थानमा पाँच जनाभन्दा बढीले ज्यान गुमाउनु परेको थियो। सयौं जना घाइते समेत भएका स्थानीयले बताएका छन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...