News Portal

रंगेली प्रहरीद्वारा धनपालथानमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२५२ पटक

चैत्र-२९, बिहीबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया स्थित सारदा माध्यमिक विद्यालयको प्राङगणमा इलाका प्रहरी कार्यालय रंगेलीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

आयोजित कार्यक्रमको प्रमुख अतिथि   धनपालथानका अध्यक्ष जिवछ प्रसाद गच्छदार,  उपाध्याक्ष नसिमा वानो, मोरङका प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशी, सशस्त्र वेश क्याप मायाँगन्ञका डिसपी सुधिर खतिवडा, प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं, गाउँपालिका प्रशासकीय अधिकृत मनोज ठाकुर, स्थानीय विभिन्न वडाका जनप्रतिनिधि स्थानीय समाजसेवी बुद्धिजीवी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।

आयोजित कार्यक्रममा सहभागीहरुले ट्राफिक व्यवस्थापन, सडकको अवस्था,  गाउँ समाजमा लागू औषधमा युवाहरू फसेका विषय, महिला हिंसा लगायतको विषयमा समेत सहभागीहरुले सार्वजनिक सुनवाईमा जानकारी गराएका थिए। 

प्रहरीले उक्त विषयमा जानकारी गराउन र समयमै आफूहरूले जनताको शान्ति सुरक्षा र हरेक क्रियाकलामा आत्मनिर्भरको सहभागिता अझै सशक्त गरि अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएका छन्। 

कार्यक्रममा सहभागीहरुले कर्सिया बजारमा भएको फोहोर व्यवस्थापन गर्न र समयमै सडक निर्माणको लागि ठेकेदारहरूलाई समेत जवाफ दिएर काम चाँडै सम्पन्न गर्न र सडक दुर्घटना न्यूनीकरण हुने अपेक्षा सहभागीहरूले राखेका थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...