News Portal

रंगेली प्रहरीद्वारा धनपालथानमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२३७ पटक

चैत्र-२९, बिहीबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया स्थित सारदा माध्यमिक विद्यालयको प्राङगणमा इलाका प्रहरी कार्यालय रंगेलीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

आयोजित कार्यक्रमको प्रमुख अतिथि   धनपालथानका अध्यक्ष जिवछ प्रसाद गच्छदार,  उपाध्याक्ष नसिमा वानो, मोरङका प्रहरी नायव उपरिक्षक बेद प्रकाश जोशी, सशस्त्र वेश क्याप मायाँगन्ञका डिसपी सुधिर खतिवडा, प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं, गाउँपालिका प्रशासकीय अधिकृत मनोज ठाकुर, स्थानीय विभिन्न वडाका जनप्रतिनिधि स्थानीय समाजसेवी बुद्धिजीवी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।

आयोजित कार्यक्रममा सहभागीहरुले ट्राफिक व्यवस्थापन, सडकको अवस्था,  गाउँ समाजमा लागू औषधमा युवाहरू फसेका विषय, महिला हिंसा लगायतको विषयमा समेत सहभागीहरुले सार्वजनिक सुनवाईमा जानकारी गराएका थिए। 

प्रहरीले उक्त विषयमा जानकारी गराउन र समयमै आफूहरूले जनताको शान्ति सुरक्षा र हरेक क्रियाकलामा आत्मनिर्भरको सहभागिता अझै सशक्त गरि अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएका छन्। 

कार्यक्रममा सहभागीहरुले कर्सिया बजारमा भएको फोहोर व्यवस्थापन गर्न र समयमै सडक निर्माणको लागि ठेकेदारहरूलाई समेत जवाफ दिएर काम चाँडै सम्पन्न गर्न र सडक दुर्घटना न्यूनीकरण हुने अपेक्षा सहभागीहरूले राखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...