News Portal

नेपाल-भारत सिमाना दशगजामा भारतीय एसपीले भत्कायो सडक

रबिन्द्र बराल, मोरङ
२४८ पटक

चैत्र-२५,आइतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-१ स्थित सोनापुरमा साता दिन अगाडि सोनापुर बोर्डर आउट पोष्टमा भारतीयका  एसएसपीहरुले रातिको समयमा जेसीबी प्रयोग गरेर  दश गज्जामा रहेको नेपालतर्फको सडक खनेपछि उक्त सडकबाट अहिले मोटरसाइकल-साइकल समेत आवतजावत गर्न कठिनाई भएको छ।

नगरपालिका र नेपाल प्रहरी सशस्त्र प्रहरी बल ओपीलाई समेत सो कुराको जानकारी भएता पनि उनीहरूले समेत कुनै चासो नलिएको स्थानीयले बताएका छन् । 

भारतीय एसएसपीहरूले दादागिरी शैलीमा यसरी बाटो नै अवरुद्ध हुने गरि बाटो बिगारेता पनि नेपाल सरकार स्थानीय प्रशासनले भने कुनै चासो देखाएका छैनन्। दश गज्जा क्षेत्रमा रहेको सहायक पिलर १५७/२ नम्बरको पिलरदेखि पूर्वपट्टिमा रहेको कच्चि सडक भत्काएका छन्।

यसरी भारतीय एसएसपीहरूले नेपाली भूभागको सडक नै खाल्डो पारेपछि अहिले सो गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय सलिम मियाले बताए। उक्त क्षेत्रमा भारतीय नागरिकहरुले दश गज्जा क्षेत्रमा घर समेत निर्माण गरेर बसिरहेका छन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...