News Portal

नेपाल-भारत सिमाना दशगजामा भारतीय एसपीले भत्कायो सडक

रबिन्द्र बराल, मोरङ
२३६ पटक

चैत्र-२५,आइतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-१ स्थित सोनापुरमा साता दिन अगाडि सोनापुर बोर्डर आउट पोष्टमा भारतीयका  एसएसपीहरुले रातिको समयमा जेसीबी प्रयोग गरेर  दश गज्जामा रहेको नेपालतर्फको सडक खनेपछि उक्त सडकबाट अहिले मोटरसाइकल-साइकल समेत आवतजावत गर्न कठिनाई भएको छ।

नगरपालिका र नेपाल प्रहरी सशस्त्र प्रहरी बल ओपीलाई समेत सो कुराको जानकारी भएता पनि उनीहरूले समेत कुनै चासो नलिएको स्थानीयले बताएका छन् । 

भारतीय एसएसपीहरूले दादागिरी शैलीमा यसरी बाटो नै अवरुद्ध हुने गरि बाटो बिगारेता पनि नेपाल सरकार स्थानीय प्रशासनले भने कुनै चासो देखाएका छैनन्। दश गज्जा क्षेत्रमा रहेको सहायक पिलर १५७/२ नम्बरको पिलरदेखि पूर्वपट्टिमा रहेको कच्चि सडक भत्काएका छन्।

यसरी भारतीय एसएसपीहरूले नेपाली भूभागको सडक नै खाल्डो पारेपछि अहिले सो गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय सलिम मियाले बताए। उक्त क्षेत्रमा भारतीय नागरिकहरुले दश गज्जा क्षेत्रमा घर समेत निर्माण गरेर बसिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...