News Portal

स्वास्थ्य मन्त्रालयकी सचिव चौधरीलाई फेरि जिम्मेवारीबाट हटाइयो

६३८ पटक

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई पुन: जिम्मेवारीबाट हटाइएको छ ।

दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि चौधरी आइतबार मन्त्रालय फर्किएर काम सम्हालेकी थिइन् । तर मुख्यसचिव लोकदर्शन रेग्मीले अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा आएपछि मात्र कार्यान्वयन हुने कानुनी व्यवस्था विपरीत चौधरी आफैं मन्त्रालयमा हाजिर भएकोमा आपत्ति जनाउँदै पुन: मन्त्रिपरिषद्‌मा फर्काएको जानकारी अधिकारीहरूले दिएका छन् ।प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले अन्तरिम आदेश दिएका थिए ।

चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा पठाइएपछि आइतबार मन्त्रालयको वेबसाइटमा निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलको नाम राखिएको थियो । तर, मंगलबार चौधरीको नाम हटाएर पुन: निमित्त सचिव प्याकुरेलको नाम राखिएको छ ।

दुई साताअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबाबमा प्रधानमन्त्री केपी ओलीले चौधरीलाई जिम्मेवारीमुक्त गरेर मन्त्रिपरिषद् कार्यालयमा सारेका थिए । अधिकारीहरूका अनुसार मन्त्री यादवकै दबाबमा मुख्यसचिव रेग्मीले चौधरीलाई जिम्मेवारीबाट हटाई पुन: मन्त्रिपरिषद्मा हाजिर हुन निर्देशन दिएका हुन् ।

स्वास्थ्यका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वेबसाइटमा सचिवको नाम परिवर्तन गर्नेबारे मन्त्रालयमा कुनै औपचारिक निर्णय नभएको कान्तिपुरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...