News Portal

स्वास्थ्य मन्त्रालयकी सचिव चौधरीलाई फेरि जिम्मेवारीबाट हटाइयो

५९३ पटक

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई पुन: जिम्मेवारीबाट हटाइएको छ ।

दुई साताअघि मन्त्रिपरिषद् कार्यालयमा गरिएको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि चौधरी आइतबार मन्त्रालय फर्किएर काम सम्हालेकी थिइन् । तर मुख्यसचिव लोकदर्शन रेग्मीले अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा आएपछि मात्र कार्यान्वयन हुने कानुनी व्यवस्था विपरीत चौधरी आफैं मन्त्रालयमा हाजिर भएकोमा आपत्ति जनाउँदै पुन: मन्त्रिपरिषद्‌मा फर्काएको जानकारी अधिकारीहरूले दिएका छन् ।प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले अन्तरिम आदेश दिएका थिए ।

चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा पठाइएपछि आइतबार मन्त्रालयको वेबसाइटमा निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलको नाम राखिएको थियो । तर, मंगलबार चौधरीको नाम हटाएर पुन: निमित्त सचिव प्याकुरेलको नाम राखिएको छ ।

दुई साताअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबाबमा प्रधानमन्त्री केपी ओलीले चौधरीलाई जिम्मेवारीमुक्त गरेर मन्त्रिपरिषद् कार्यालयमा सारेका थिए । अधिकारीहरूका अनुसार मन्त्री यादवकै दबाबमा मुख्यसचिव रेग्मीले चौधरीलाई जिम्मेवारीबाट हटाई पुन: मन्त्रिपरिषद्मा हाजिर हुन निर्देशन दिएका हुन् ।

स्वास्थ्यका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वेबसाइटमा सचिवको नाम परिवर्तन गर्नेबारे मन्त्रालयमा कुनै औपचारिक निर्णय नभएको कान्तिपुरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...