News Portal

एलाइनेट जिमको २१औं प्रस्तुति, पाँचौं मिस्टर कोशी उपाधिका लागि शनिबार २२ प्रतिस्पर्धी भिड्ने

विकास चाम्लिङ राई, धरान
२५७ पटक

चैत्र-२३, शुक्रबार/धरान – एलाइनेट जिमको आयोजनामा यहि चैत्र-२४ गते शनिबार हुन लागेको   पाँचौं मिस्टर कोशी शारीरिक शुगठन प्रतियोगिताको प्रि-जज राउण्ड सम्पन्न भएको छ।

धरान- १३ अमरहाट स्थित कर्भडहलमा शुक्रबार सम्पन्न प्रि-जज राउण्डबाट ५५ केजी तौल समुहबाट ५ जना, ६० केजी समुहबाट ६ जना, ६५ केजी समुहबाट ५ जना, ७० केजी र ७५ केजी समुहबाट ३÷३ जना प्रतिस्पर्धी खेलाडीहरु फाइनल चरणका लागि छनौट भएका छन । उनीहरुले शनिबार हुने लागेको फाइनल चरणको खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल चरणम सबै तौल समुहबाट २२ जना प्रतिस्पर्धा खेलाडिहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया बराबरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्ने छ। मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन। यसै गरी क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। 

प्रतियोगिताका व्यक्तिगत विद्यातर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी गराए ।

आयोजित प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ। प्रि-जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगी जजहरुमा हरी धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । 

आयोजित प्रतियोगिता धरान-१३ अमरहाट स्थित कभर्डहलमा हुने छ। गत साल सम्पन्न चौथो मिस्टर कोशीको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरीले चुमेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...