News Portal

सुरु भयो स्मार्ट लाइसेन्स कार्डको छपाइ

हिमालीसंचार संवाददाता
३५१ पटक
२०८० चैत २२ गते बिहीबार

काठमाडौं। जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ। मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।

अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच गरी परीक्षण सफल भएपछि वितरण गरिने उनले बताए। “जर्मनी नै पठाएर परीक्षण हुन्छ,” उनले भने।

योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ। १२ लाख कार्ड विभागसँग छ। तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ।

जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरिएको मेसिन छ। कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...