News Portal

  • धरान-तरहरा सडक निर्माण: तीन वर्षमा एकतर्फी सडक खुल्यो (भिडियो सहित)

    विकास चाम्लिङ राई, धरान
    २७४ पटक

    चैत्र-२१, बुधबार/धरान – प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा-धरान सडक खण्डको एकतर्फी दुईलेन सडकको कालोपत्रे हुन अब ५ सय मिटर मात्रै बाँकी रहेको छ। अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ। उक्त सडकको एकतर्फी सडक चैत्र-२१ गते साँझबाट खुल्ला हुने भएपछि यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई केही राहत हुने भएको छ ।

    ०८० सालको असारसम्म काम सम्पन्न गर्नेगरी ०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरुले कष्ट भोग्नु परेको थियो। 

    विराटनगरको रानी धरान ६ लेनको सडक अन्तरगतको तरहरा धरानको करिव १० किमी सडकमा २५ सय मिटर बाँकी थियो। एका तर्फको वाँकी रहेको दुई किमी सडक मंगलबार पुरा भएको र बाँकी ५ सय मिटरको कालो पत्र चैत्रभित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याव टेक्निसियन अनिल देवकोटाले जानकारी दिए। एकातर्फ सडक पिच भएपछि आज साँझदेखि नै सवारी आवत जावत गर्ने उनले जानकारी दिए। 

    वर्षौदेखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेका थिए। मंगलबार सुनसरी क्षेत्र नं. १(२)का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विजय राई, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान उपमहानगर सहइञ्चार्ज टिका माङ्ले, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठलगायतको टोलीले सडकको अनुगमनसमेत गरेको छ । 

    एका तर्फको दुई लेनको कालो पत्रे पुरा भइ सडक खुलेपछि ठुलो राहत भएको मजदुर नेता भीमज्वाला राईले जानकारी दिए। उनका अनुसार सडक बन्न ढिलाई हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको थियो। १४१ जना घाइते भएको तथ्यांक रहेको छ 

    ०८० असारसम्ममा सबै सडक निर्मणा सकिने गरि काम भइरहेको डिभिजन प्रमुख इन्जीनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए। यो सडक ०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

    तस्वीरः विकास चाम्लिङ राई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...