News Portal

यूएईकाे अहेलिया एक्सचेञ्जबाट पैसा पठाउदा सुन र ५ वटा कार जित्ने अवसर

रामप्रसाद ढुंगेल
३२७ पटक

अबुधाबी। यूएईको लोकप्रिय मनि ट्रान्सफर सेवा प्रदायक ‘अल अहेलिया एक्सचेञ्ज’ले विन्टर प्रमोसन लगत्तै समर प्रमोसन सार्वजनिक गरेको छ। यो प्रमोसनमा पैसा पठाउँदा एक किलो सुन र ५ वटा निसान सन्नी कार जित्न सकिनेछ।

एक्सचेञ्जले बुधबार पत्रकार सम्मेलन गर्दै ‘समर प्रमोसन’बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा एक्सचेञ्जका वरिष्ठ बजार व्यवस्थापक सन्तोष नायरले ‘समर प्रोमोसन–२०२४’ २८ मार्चदेखी २५ जुलाईसम्म सञ्चालन हुने जानकारी दिए।

१२० दिनसम्म चल्ने प्रोमोसन अवधीमा एक्सचेञ्जबाट पैसा पठाउनेहरुले १ किलो सुन र ५ वटा निसान कार जित्ने अवसर मिल्नेछ।

गत फेब्रुअरी महिना मात्रै विन्टर प्रोमोसनको पुरस्कारहरु वितरण गरेको एक्सचेञ्जले विन्टर प्रोमोसनमा १०६ जनालाई पुरस्कृत गर्न लागेको हो। जस अन्तर्गत अबुधाबी, दुबई र सारजाहमा लक्की ड्र गरि सुन र कार वितरण गरिने बताईएको छ।

तीन महिनासम्म हरेक महिना आयोजना गरिने ईलेक्टोनिक ड्रमा २५ जनाले ८ ग्राम र ७५ जनाले ४ ग्राम सुन प्राप्त गर्नेछन भने, ३१ जुलाईमा दुबईमा हुने मेघा ड्रमा एक जना भाग्यमानी ग्राहकले आधा केजी सुन प्राप्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...