News Portal

  • धरानको वीपी प्रतिष्ठान अगाडी अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न पहल सुरु

    विकास चाम्लिङ राई, धरान
    ३३२ पटक

    चैत्र-१९, सोमबार/धरान – धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएकोछ।

    धरान उपमहानगर १८ नम्बर वडाका अध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित सरोकारवालाहरुको उपस्थितिमा व्यवस्थापन थालनी गरिएको हो । 

    टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि पार्किङ सुधारको प्रयत्न सुरु गरिएको धारन १८ नम्बर वडा अध्यक्ष प्रविण राईले हिमालीसंचारडटकमसंग बताए । 

    अव उप्रान्त अस्पताल प्रवेशद्धारा अघि ६ वटा टेम्पो, ४ वटा सिटी सफारीमात्रै पार्किङ गरिने र बाँकी टेम्पो र सफारी वीपी सुन्दर बजारदेखि दक्षिणतर्फ सार्वजनिक शौचालयसम्म र मोटरसाइकल पार्किङ औषधी पसल एकतर्फि व्यवस्थित गरिने समेत जानकारी दिए । 

    एम्बुलेन्सहरु शिवमार्गतर्फ व्यवस्थित गर्दै उक्त क्षेत्रमा ९ वटा संकेत बोर्डहरु र सवारी पार्किङका लागि सडकमा इनामेलले रेखा कोरिने र त्यसको सम्पूर्ण खर्च व्यवस्थापन वडा समितिले गर्ने अध्यक्ष राईले बताए । निर्धारण गरिएका स्थानहरुमा मजदुरहरुकै तर्फबाट स्वयमसेवक परिचालन गरी नियमको पालना गराइने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

    सवारीसाधनको अस्तव्यस्तका कारण हामी मजदुरहरुलाई समेत काम गर्न अप्ठ्यारो भइरहेकोमा सबैको पहलमा नयाँ सिस्टम सुरु हुँदा हामीलाई यसले सहज हुने टेम्पो चालक सोवित राईले बताए । 

    सोमबार विहान ७ बजेदेखि १८ नम्बर वडा अध्यक्ष प्रविण राई, संगठनका अध्यक्ष मजदुर नेता भीमज्वाला राई, धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला, सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ दिलिप चौधरी, कान्तिपुर सेक्युरिटी कम्पनीका धरान प्रमुख दुर्गा पराजुली मजदुरहरु र स्थानीय सवारी पार्किङ व्यवस्थापनमा संलग्न रहेका थिए ।

    तस्वीरः  विकास चाम्लिङ राई

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...