आज : २०२६-०६-२९, सोमबार

मोरङको रतुवामाई नगरपालिकाको सडकको दाया-वायामा रोपिएका विरुवा संरक्षण भएन

चैत्र-१९, सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-६ स्थित सौठादेखि शिवालय जाने बाटो र शिवालय परिक्रमासम्मको सडकको दायाँ बायाँ वृक्षारोपण गरेको एक वर्ष बितिसक्दा समेत संरक्षण नहुँदा अधिकांश बिरुवाहरू मर्ने थालेका छन ।

केही बिरुवाहरु हुर्कदै गरेता पनि त्यसको संरक्षण नहुदा घाँस पलाएर बिरुवा समेत हुर्कन पाउन सकेको छैन। सङ्घीय सरकार र नगरपालिकाको संयुक्त लागतमा २०८० असार ३ गते योजना सम्झौता भएको थियो। सोही अनुरुप नगरपालिकाले उपभोक्ता  समितिलाई ३७ लाख ४२ हजार  रूपैयाँ  बराबरको लागतमा वृक्षरोपणको लागि नगरले जिम्मा  लगाएको नगरका ईन्जिनियर गजेन्द्र साहले बताए। 

तर, उपभोक्ता समितिले आफैंले काम नगरेर   स्थानीय मनोज उप्रेतीलाई वृक्षरोपण गर्नका जिम्मा लगाएको समितिका अध्यक्ष सञ्जीव गौतमले जानकारी दिए। सो सडक खण्डमा विभिन्न प्रजातिका २५ सय ८५ बिरुवा वृक्षारोपण गरिएको भएतापनि अहिले सो ठाउँमा १० प्रतिशत मात्रै  बिरुवाहरु रहेको र वृक्षारोपण गरेदेखि अहिलेसम्म न त गोडमेलै भएको छ न त पानी नहालिएको छ? र अहिले १० प्रतिशत  मात्रै बिरुवा रहेको छ। 

बिरुवालाई घेरपार गरेको बाँस तथा झुलहरू समेत च्यातिएर अहिले बेवारिसी अवस्था जस्तो देखिएको स्थानीय कृष्णबहादुर थापाले बताए। उपभोक्ता समितिले काम गरेबापत अहिलेसम्म ८ लाख मात्रै लिएको र बाँकी रकम काम पूरा भएपछि मात्रै  दिने ईन्जिनियर गजेन्द्र प्रसाद साहले बताए । 

यसरी उपभोक्ता समितिले समेत आफ्नो काम कर्तव्य पूरा नगरेर उनीहरुले स्थानीयलाई यसरी गैरपूर्ण जिम्मेवारी तरिकाले वृक्षारोपण गर्न दिनु कतिको जायज हो? यसरी १० महिना बितिसक्दा समेत नगरपालिकाले सो विषयमा ध्यान नदिएर आफ्नो नगरभित्रका वृक्षको लाखौं रुपैयाँ लगानीमा चुप्प लागेर बस्न कति गैरपुर्ण  जिम्मेवारी हो? समयमै यस बिषयमा ध्यानाकर्षा हुनु जसरी देखिन्छ।