News Portal

दुबै मृगौला पिडीत संगीत सर्जक नवराम राईलाई आर्थिक सहयोग

विकास चाम्लिङ राई, धरान
२६६ पटक

चैत्र-१८, आइकबार/धरान – “गुराँसको फेदमुनि सम्झनाको छायाँ” जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले नगद ३० हजार आर्थिक सहयोग गरेका छन् । 

सुनसरी धरानका सर्जक राईको दुइ वटा मृगौलाले काम गर्न छाडेपछि आफ्नै निवासमा थलिएका गायक, संगीतकार तथा गीतकार राईको उपचारमा आर्थिक अभाव भएपछि मृगौला पिडीत राईलाई युवा नेता, व्यवसायी तथा सर्ट  मुभी “निको नहुने रोग”का निर्माता तथा अभिनेता याक्खाले आर्थिक सहयोग गरेका हुन्। केही समय अघि च्यारिटी सो मार्फत प्रदर्शित “निको नहुने रोग” प्रदर्शनबाट उठेको केही रकमबाट सर्जक राईलाई आर्थिक सहयोग गरिएको हो।

कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, धरान वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, उसु खेलका प्रशिक्षक राजेन्द्र राई सहितको उपस्थितिमा याक्खाले सर्जक राईलाई नगद हस्तान्तरण गरेका थिए । 

धरान ११ रिटिङका स्थायीवासी राई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन्। उनले हप्ताको दुइपटक डाइलाइसिस गर्दै आइरहेका राईको पछिल्लो रिपोर्ट अनुसार मृगौलामा पथरिया (स्टोन) समेत देखा परेको छ । 

सर्जक राईले सहयोग ग्रहण गर्दै राईले पछिल्लो समय आफ्नो स्वास्थ्यमा केही सुधार आइरहेको बताए। देश विदेशबाट साथ सहयोग र सद्भाव पाइरहेको बताए।  उनका अनुसार नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैको माया र आर्थिक सहयोगले पुनर्जिवन पाएर संगीत कर्ममा फर्किन सक्छु भन्ने विश्वास पलाएको राईले बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...