News Portal

मोरङको रंगेली भित्रका बिधालयमा एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन

रबिन्द्र बराल, मोरङ
५७५ पटक

चैत्र-१८,आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका भित्रका बिधालयहरुमा यस बर्षको एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन भईरहेको छ। शिक्षाका प्रतिनिधि, ब्यवस्थापन समिति, वडाअध्यक्ष लगायत ले बिधालय  निपीक्षण समेत गरि रहेका छन।

शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले स्थलगत अनुगमन गर्दा नगरभित्रका सबै परीक्षाहरु केन्द्रहरुमा मर्यादित रूपमा परीक्षा सञ्चालन भइरहेको जानकारी दिएका छन्। रत्न माविको एसईई परीक्षा अमर्यादित बनेको समाचारप्रति आपत्ति जनाउँदै पलिकाभित्रका ३ वटा केन्द्रहरूमा संचालित परीक्षा पूर्ण रूपले शान्त र मर्यादित रूपले सञ्चालन भई रहेको समेत जानकारी दिए ।

उक्त बिधालयमा बालदुत ईङ्लिस बोर्डिङ स्कुल, न्यु स्टार बोर्डिङ स्कुल, पब्लिक उच्च माध्यमिक बिधालय, जनता माध्यमिक बिधालय, महालक्ष्मी माध्यमिक बिधालय र पार्वती माध्यमिक बिधालयका १ सय ८४ जना परिक्षार्थीहरु सहभागी रहेको शिक्षा शाखाले जनाएको छ।   

रङ्गेली नगरपालिकामा- ३ वटा बिधालयहरुमा परीक्षा संचालन भईरहेको छ। आदर्श माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय र रत्न माध्यमिक बिधालयमापरीक्षा केन्द्र रहेको छ। रंगेली नगरपालिकामा एसईईको परीक्षामा ५ सय ३० जना बिधार्थीहरुले एसईई परीक्षा दिईरहेका छन्।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...