News Portal

मोरङको रंगेलीमा मेलिना होटल बन्द हुदा एक युवाको करोडौं रुपैयाँ डुव्यो

रबिन्द्र बराल, मोरङ
७०४९ पटक

चैत्र-१७, शनिबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-७ स्थित मेलिना होटलका सञ्चालक कालिचरण ठाकुरले देशमा आर्थिक मन्दि भएपछि अहिले सञ्चालन गर्दै आएका होटल व्यवसाय धरासय बन्दै गएपछि करोडौं रुपैयाँ डुबेको छ। 

संचालक ठाकुरले विगत १६ वर्षअधि बैदेशिक रोजगारीमा कमाएको रकमले स्वदेशमा नै केही गरौँ भन्ने उदेश्यले उनले कमाएको सम्पूर्ण रकम होटल व्यवसायमा लगानी गरेको रकम डुबेको हो। उनको होटल सुरुवाती चरणमा राम्रो व्यपारले पिकअप लिएको भएता पनि कोभिड-१९ को समयपछि होटल व्यवसायमा ठुलो आर्थिक मन्दी भएपछि उनको व्यवसाय घरायसी हुदै गएका थिए। 

उनले गत २०६९ सालमा १६  वर्ष विदेशमा कमाएका रकम डुबाएका हुन्। उनका अनुसार २ करोडभन्दा बढी उनले लगानी गरेको बताए। उनले बाहिरबाट आउने पाहुनाहरूको लागि कुनै पनि सुविधा सम्पन्न होटल नभएपछि होटल व्यवसायमा सञ्चालनमा ल्याएका थिए ।  

विगतमा भारतबाट आउने आगन्तुहरूले सोही होटलमा बाँस बसेर नेपालको ताप्लेजुङ, इलाम, राजारानी, भेडेटार लगायतका स्थानहरूमा धुम्न आउने पर्यटकहरुका लागि धानेका थिए। सोही होटलमा बास बसेर उनीहरू आफ्नो देश जाने गर्ने गरेको उनले  उनले बताए। 

कोरोना कालपछि आफूले लगानी गरेको होटल व्यवसाय बन्द भएपछि उनले लगानी डुबेपछि अहिले सानो व्यवसाय गर्दै आइरहेको उनले बताएक। उनले पुनःलाखौं रुपैयाँ लगानी गरेर अहिले मकैंबाट पापड बनाउने र त्यासलाई बिक्रीवितरणका लागि स्थानीय तहमा पठाउने गरेका बताए। नेपाल सरकारले होटल व्यवसायीहरूलाई समेत कुनै अनुदान नदिएको समेत उनले बताए। 

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...