News Portal

मोरङको रंगेलीमा मेलिना होटल बन्द हुदा एक युवाको करोडौं रुपैयाँ डुव्यो

रबिन्द्र बराल, मोरङ
७०३५ पटक

चैत्र-१७, शनिबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-७ स्थित मेलिना होटलका सञ्चालक कालिचरण ठाकुरले देशमा आर्थिक मन्दि भएपछि अहिले सञ्चालन गर्दै आएका होटल व्यवसाय धरासय बन्दै गएपछि करोडौं रुपैयाँ डुबेको छ। 

संचालक ठाकुरले विगत १६ वर्षअधि बैदेशिक रोजगारीमा कमाएको रकमले स्वदेशमा नै केही गरौँ भन्ने उदेश्यले उनले कमाएको सम्पूर्ण रकम होटल व्यवसायमा लगानी गरेको रकम डुबेको हो। उनको होटल सुरुवाती चरणमा राम्रो व्यपारले पिकअप लिएको भएता पनि कोभिड-१९ को समयपछि होटल व्यवसायमा ठुलो आर्थिक मन्दी भएपछि उनको व्यवसाय घरायसी हुदै गएका थिए। 

उनले गत २०६९ सालमा १६  वर्ष विदेशमा कमाएका रकम डुबाएका हुन्। उनका अनुसार २ करोडभन्दा बढी उनले लगानी गरेको बताए। उनले बाहिरबाट आउने पाहुनाहरूको लागि कुनै पनि सुविधा सम्पन्न होटल नभएपछि होटल व्यवसायमा सञ्चालनमा ल्याएका थिए ।  

विगतमा भारतबाट आउने आगन्तुहरूले सोही होटलमा बाँस बसेर नेपालको ताप्लेजुङ, इलाम, राजारानी, भेडेटार लगायतका स्थानहरूमा धुम्न आउने पर्यटकहरुका लागि धानेका थिए। सोही होटलमा बास बसेर उनीहरू आफ्नो देश जाने गर्ने गरेको उनले  उनले बताए। 

कोरोना कालपछि आफूले लगानी गरेको होटल व्यवसाय बन्द भएपछि उनले लगानी डुबेपछि अहिले सानो व्यवसाय गर्दै आइरहेको उनले बताएक। उनले पुनःलाखौं रुपैयाँ लगानी गरेर अहिले मकैंबाट पापड बनाउने र त्यासलाई बिक्रीवितरणका लागि स्थानीय तहमा पठाउने गरेका बताए। नेपाल सरकारले होटल व्यवसायीहरूलाई समेत कुनै अनुदान नदिएको समेत उनले बताए। 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...