News Portal

मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

रबिन्द्र बराल, मोरङ
४०६ पटक

चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त हुन थालेका छन्। तर, यस क्षेत्रमा एउटै पिरकृतिको काम गर्दा महिला र पुरुषमा विभेद रहेको स्थानीय कृषकहरु बताउछन्।

पछिल्लो समयमा अन्य बालीभन्दा धानबालीमै राम्रो मनग्ये आम्दानी हुने भएपछि धान बालिमा कृषकहरु  आकर्षित हुन थालेका हुन्। यस क्षेत्रमा रहेको ३०औं  बिधा खेतमा अहिले धान रोपाई धमाधम भइरहेको छ। मजदुर महिलाहरु एका बिहानैदेखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोपन ब्यस्त हुन थालेका हुन ।  एक बिधा घान धान रोप्न १२ जनाले एक बिधासम्म रोपाई गर्ने गरेको र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्दा उनीहरुले ५ सय रुपैयाँ मात्र ज्याला पाउने गरेको स्थानीय किरण ऋषिदेवले बताईन्।

पुरुषहरूलाई भने सोही काम गर्न ६ सय रुपैयाँ दिने गरेको भएतापनि महिलाहरूलाई ५ सय रुपैयाँ मात्रै दिने गरेको र हाट बजार सामाग्री खरिद गर्ने जाँदा एक झोला सब्जी समेत नआउने गरेक उनले बताए। घर खर्च समेत धान्न समस्या पर्ने गरेको र गाउँघरमा  समेत महिलाहरुलाई विभेद गरेको पञ्चि देवि ऋषिदेवले बताईन ।  

धान रोप्ने बेलामा महिलाहरूलाई काममा लगाउने भएतापनि बाली भित्र्याउने बेलामा कम्पेन मेसिनको माध्यमबाट धान बाली भित्र्याउने गरेको हुदा विशेष गरेर महिलाहरुलाई धान काटन नलगाउने गरेको समेत उनले बताए। धन भित्राउने समयमा महिलाहरुलाई  परिवारलाई पालनपोषण गर्न समेत समयमा समस्या हुने गरेको स्थानीय महिला मजदुरहरुले बताए । 

माटो राम्रो  भएका कारण अरु बाली भन्दा धान बाली मात्रै राम्रो हुने समेत उनले बताए। अहिले उक्त खेतमा घुटराज धान, बांस धान, मन्सुली धान रोपी रहेका छन। चैत्र महिनामा रोपेको धान असारमा महिनामा  काट्ने र पुनः अर्को धान लगाउने गरेको  कृषकहरुले बताए ।  

अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने  मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको स्थानीय कृषकहरुले बताउ छन 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...