News Portal

रंगेली प्रहरीले होली पर्वमा ७३ वटा मोटरसाइकल नियन्तरण गऱ्यो

रबिन्द्र बराल, मोरङ
५९७ पटक

चैत्र-१३,मंगलबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले होली पर्वको दिन कुनै पनि ब्यक्तिको दुर्घटनाबाट ज्यान नजावस भन्ने उदेश्यले रंगेली प्रहरीले मोटरसाईकलमा कडाइ गरेपछि रंगेली तथा आसपासमा कुनै पनि क्षेत्रमा दुर्घटना नभएको रंगेली प्रहरीले जनाएको छ।

गत बर्ष २०७८ सालको होली पर्वमा रंगेली क्षेत्रमा  मोटरसाइकल दुर्घटनामा १२ जना घाइते र १ जनाको मृत्यु हुनुका साथै ग्याङ फाईट हुदा ९ जना घाइते समेत भएका थिए। 

२०८९ सालमा होलूकै दिन दुर्घटनामा ४ जना घाइते  भएका थिए। मोटरसाइकलबाट लडेर ११ जना   घाइते  भएको  रंगेली प्रहरीले जनाएको छ ।  होली पर्वको दिन बढी मात्रामा मादक पदार्थ सेवन गरेर मोटरसाइकलबाट दुर्घटना हुने गरेको भएता पनि यस बर्ष रंगेली प्रहरीको उच्च सतर्कताका कारण  कुनै पनि अप्रिय धटना नभएको प्रहरीले जनाएको छ। 

होली पर्वको दिन प्रहरीले रंगेलीका मुख्य बजार, भोटुवाबु चोक, आमतोला, बेतौना, दर्वेशा, डाईनिया, झपरतल लगायतका स्थानहरुमा बिहानदेखि  हुलाकी सडकहरुमा सुरक्षा चेकजाँचका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। 

प्रहरीले मादक पदार्थ सेवन गरेर युवाहरुले मोटरसाईकलमा हाल्मेट नलगाएका, एउटा मोटरसाइकलमा ४ जनासम्म लिएर आवतजावत गर्ने र  नियम बिपरित कार्य गरेर सवारी चलाउने ७३   वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।  प्रहरीका अनुसार यस बर्ष सवारी दुर्घटनामा ३ जना मात्रै  समन्या घाइते भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...