News Portal

रंगेली प्रहरीले होली पर्वमा ७३ वटा मोटरसाइकल नियन्तरण गऱ्यो

रबिन्द्र बराल, मोरङ
६३८ पटक

चैत्र-१३,मंगलबार/मोरङ – मोरङको रंगेलीमा इलाका प्रहरी कार्यालय रंगेलीले होली पर्वको दिन कुनै पनि ब्यक्तिको दुर्घटनाबाट ज्यान नजावस भन्ने उदेश्यले रंगेली प्रहरीले मोटरसाईकलमा कडाइ गरेपछि रंगेली तथा आसपासमा कुनै पनि क्षेत्रमा दुर्घटना नभएको रंगेली प्रहरीले जनाएको छ।

गत बर्ष २०७८ सालको होली पर्वमा रंगेली क्षेत्रमा  मोटरसाइकल दुर्घटनामा १२ जना घाइते र १ जनाको मृत्यु हुनुका साथै ग्याङ फाईट हुदा ९ जना घाइते समेत भएका थिए। 

२०८९ सालमा होलूकै दिन दुर्घटनामा ४ जना घाइते  भएका थिए। मोटरसाइकलबाट लडेर ११ जना   घाइते  भएको  रंगेली प्रहरीले जनाएको छ ।  होली पर्वको दिन बढी मात्रामा मादक पदार्थ सेवन गरेर मोटरसाइकलबाट दुर्घटना हुने गरेको भएता पनि यस बर्ष रंगेली प्रहरीको उच्च सतर्कताका कारण  कुनै पनि अप्रिय धटना नभएको प्रहरीले जनाएको छ। 

होली पर्वको दिन प्रहरीले रंगेलीका मुख्य बजार, भोटुवाबु चोक, आमतोला, बेतौना, दर्वेशा, डाईनिया, झपरतल लगायतका स्थानहरुमा बिहानदेखि  हुलाकी सडकहरुमा सुरक्षा चेकजाँचका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। 

प्रहरीले मादक पदार्थ सेवन गरेर युवाहरुले मोटरसाईकलमा हाल्मेट नलगाएका, एउटा मोटरसाइकलमा ४ जनासम्म लिएर आवतजावत गर्ने र  नियम बिपरित कार्य गरेर सवारी चलाउने ७३   वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।  प्रहरीका अनुसार यस बर्ष सवारी दुर्घटनामा ३ जना मात्रै  समन्या घाइते भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...