News Portal

धरानका दुबै मृगौला पिडीत गायक राईलाई युकेबाट आर्थिक सहयोग

युकेबाट २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग!

विकास चाम्लिङ राई, धरान
३५६ पटक

चैत्र-११, आइतबार/धरान – धरानका चर्चित गायक नवराम राईको उपचारका लागि हाल बेलायतलाई कर्मथलो बनाएका धरान १७ र १८ हाम्रो रत्न चौक निवासी परिवारबाट नगद २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग प्रदान गरेका छन् ।

आर्थिक सहयोग रकम हाम्रो रत्नचोक परिवार समाजका अध्यक्ष उद्धव राई धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लहकार नरेन्द्रकुमार राई, “प्रविण”सल्लाहकार बालकुमार राई, उपाध्यक्ष तारा राई, शुक्र राई, सचिव नविन राई लगायतले गायक राईकै घरमा पुगेर शुक्रवार सहयोग रकम हस्तान्तरण गरेका छन्। सहयोग रकम रत्नचोक निवासी हाल बेलायत बस्नुहुने पदम राईको नेतृत्वमा संकलन गरेर नेपाल पठाएका हुन ।  

गायक राईले “गुरासको फेद मुनी, कालो-कालो रातको, बोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया  गीतका गायक हुन नवराम राई। लामो समय धरान १७ रत्नचौक बसेका दुबै मृगौला पिडीत राई ११ नं वडा स्थित रिटिङमा बस्दै आएका छन्। गायक राईको दुबै मृगौलामा समस्या देखिएको छ। डाक्टरका अनुसार गायक राइले हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ। 

गायक राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । थप उपचारको लागि धरान बाहिर जान परे पैसा नभएको उनले उनी बताउछन । उनले सहयोगका लागि संचारमाध्यमबाट साथी-भाई, इष्टमित्रहरुलाई आग्रह गरेका थिए। लामो समय संगीत क्षेत्रमा विशेष योगदान दिएका राईले करिब डेढ दर्जन दीत आफै गाइसकेका छन् भने केही गीतमा संगीत समेत भरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...