News Portal

सुम्निमा-पारुहाङ प्रतिमा निर्माणका लागि युकेबाट २ लाख ११ हजार सहयोग

परिवारबाट एम्बुलेन्स पनि सहयोग गर्ने!

विकास चाम्लिङ राई, धरान
२५१ पटक

चैत्र-१०, शनिवार/धरान – सुम्निमा-पारुहाङ प्रतिमा निर्माणका लागि धरान-१८ रत्नचौक निवासी हाल युके बस्ने ध्यानवहादुर राईको परिवारले दुई लाख ११ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।

आर्थिक सहयोग रकम शुक्रवार धरान उपमहानगरपालिका मेयर हर्कराज राई “साम्पाङ “को कार्यकक्षमा धरान १८ न. वडाध्यक्ष प्रविण राईद्धारा सुम्निमा-पारुहाङ प्रतिष्ठान नेपालका उपाध्यक्ष राजेन्द्र राई र कोषाध्यक्ष दत्त लिम्बुको हातमा हस्तान्तरण गरेका थिए। 

सुम्निमा-पारुहाङ प्रतिष्ठान, नेपाल सुम्निमा-पारुहाङ निर्माणका लागि गठन गरिएको संस्था हो। वडाध्यक्ष राई सहयोगी ध्यानवहादुर राईका छोरा हुन्। सहयोग रकम वडाध्यक्ष राईका वुवा हाल युके पस्नु हुने ध्यानवहादुर राई, उनको श्रीमति पत्थरकुमारी राई, जेठा दाजु काजी राई र हाल हङकङ वस्नुहुने कान्छी वहिनी शान्ता राईद्धारा उक्त रकम पठाएका हुन्। 

हाम्रो परिवारबाट मेयर हर्कराज राई “साम्पाङ”को विभिन्न अभियानमा गरी करिब ७ लाख रुपैया सहयोग गरिसकेको राईले जानकारी गराए। आफ्नो परिवारले केही समयमा नै आफ्नो वाजे प्रतिध्वज राई र वोजु विर्जमाया राईको नाममा धरान उपमहानगरपालिकालाई एउटा एम्वुलेन्स समेत सहयोग गर्न लागेको जनाए। धरान उपमहानगरपालिकाका वित्पन्न र असहाय जनसमुदायहरुको लागि एम्विुलेन्स सहयोग गर्न लागेको वडाध्यक्ष राईले वताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मेयर साम्पाङ, स्थानीय समाजसेवी शिव वान्तावा राई, २० न. वडाध्यक्ष पदम लिम्बु लगायतको उपस्थिति रहेको थियो । सुम्निमा-पारुहाङको प्रतिमा धरान २० स्थित चिन्डे डाडामा जनस्तरबाट आर्थिक सहयोग रकम संकलन गरी निर्माण गर्न लागेका हुन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...