
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन्। उनले पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरेका हुन्।
पूर्वराजा शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए। ‘उहाँ राहदानी नवीकरण गर्न आफैँ आउने भनेर खबर पायौँ तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौँ,’ एक अधिकृतले भने, ‘नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो।’
राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
