News Portal

धरानका चर्चित गायक राईलाई हङकङबाट आर्थिक सहयोग

गायक नवराम राई दुबै मृगौला पिडीत हुन्!

विकास चाम्लिङ राई, धरान
३६८ पटक

चैत्र-९, शुक्रबार/धरान – धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान-१८ रत्न चौक निवासी हाल हङकङ बस्नु हुने अनिता सेनिहाङ लिम्बु समुहबाट नगद ३ लाख ७ हजार ९ सय रुपैया सहयोग प्रदान गरेको छ।

सहयोग रकम धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई ‘प्रविण’, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अनिता सेनिहाङकी बहिनी गीता सेनिहाङ र धरान-१८ रत्नचोक निवासी साना राईले गायक राईको घरमा पुगेर गत बुधबार हस्तान्तरण गरेका छन। 

सहयोग रकमको दुई लाख २४ हजार ९ सय रुपैया नवराम राईको खातामा जम्मा गरेका हुन भने बाकी रकम ८३ हजार रुपैया गायक राईको हातमा प्रदान गरिएका हुन्। सहयोग रकम अनिता सेनिहाङले हङकङमा रहेका रत्नचोक निवासी, आफु काम गर्ने कम्पनीका सहकर्मीहरु र आफ्नो समुहका साथीहरु संग संकलन गरी नेपाल पठाएको उनकी बहिनी गीता सेनिहाङले जानकारी गराए ।

गायक राईको चर्चित गीत गुरासको फेद मुनी, कालो-कालो रातको, वोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया गीत गाएका राई पछिल्लो समय दुबै मृगौला पिडीत हुन्। लामो समयसम्म धरान-१७ रत्नचौक बसेका राई अहिले ११ नं वडा स्थित रिटिङमा बस्दै आएका छन । 

गायक राईको दुबै मृगौलामा समस्या देखिएको छ । उनले करिव दुई हप्तासम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरेका गायक राईले अहिले घरमै आराम गरी रहेका छन्। डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएको छ । गायक राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको बताउछन् । उनको थप उपचारको लागि धरान बाहिर जानु पऱ्यो भने पैसा नभएको उनले बताए। 

उनले सहयोगका लागि संचारमाध्यमबाट साथी-भाई, इष्टमित्रहरुलाई विशेष आग्रह समेत गरेका छन । लामो समय संगीत क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत आफै गाइसकेका छन भने केहि गीतमा संगीत समेत भरेका छन् ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...