News Portal

धरानका चर्चित गायक राईलाई हङकङबाट आर्थिक सहयोग

गायक नवराम राई दुबै मृगौला पिडीत हुन्!

विकास चाम्लिङ राई, धरान
३२७ पटक

चैत्र-९, शुक्रबार/धरान – धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान-१८ रत्न चौक निवासी हाल हङकङ बस्नु हुने अनिता सेनिहाङ लिम्बु समुहबाट नगद ३ लाख ७ हजार ९ सय रुपैया सहयोग प्रदान गरेको छ।

सहयोग रकम धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई ‘प्रविण’, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, अनिता सेनिहाङकी बहिनी गीता सेनिहाङ र धरान-१८ रत्नचोक निवासी साना राईले गायक राईको घरमा पुगेर गत बुधबार हस्तान्तरण गरेका छन। 

सहयोग रकमको दुई लाख २४ हजार ९ सय रुपैया नवराम राईको खातामा जम्मा गरेका हुन भने बाकी रकम ८३ हजार रुपैया गायक राईको हातमा प्रदान गरिएका हुन्। सहयोग रकम अनिता सेनिहाङले हङकङमा रहेका रत्नचोक निवासी, आफु काम गर्ने कम्पनीका सहकर्मीहरु र आफ्नो समुहका साथीहरु संग संकलन गरी नेपाल पठाएको उनकी बहिनी गीता सेनिहाङले जानकारी गराए ।

गायक राईको चर्चित गीत गुरासको फेद मुनी, कालो-कालो रातको, वोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया गीत गाएका राई पछिल्लो समय दुबै मृगौला पिडीत हुन्। लामो समयसम्म धरान-१७ रत्नचौक बसेका राई अहिले ११ नं वडा स्थित रिटिङमा बस्दै आएका छन । 

गायक राईको दुबै मृगौलामा समस्या देखिएको छ । उनले करिव दुई हप्तासम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरेका गायक राईले अहिले घरमै आराम गरी रहेका छन्। डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएको छ । गायक राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको बताउछन् । उनको थप उपचारको लागि धरान बाहिर जानु पऱ्यो भने पैसा नभएको उनले बताए। 

उनले सहयोगका लागि संचारमाध्यमबाट साथी-भाई, इष्टमित्रहरुलाई विशेष आग्रह समेत गरेका छन । लामो समय संगीत क्षेत्रमा लागेका उनले करिव डेढ दर्जन गीत आफै गाइसकेका छन भने केहि गीतमा संगीत समेत भरेका छन् ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...