News Portal

मोरङ रंगेलीका अग्नि पिडीतका लागि आवासको समस्या

रबिन्द्र बराल, मोरङ
२११ पटक

चैत्र-९, शुक्रबार/मोरङ – मोरङको रंगेली–३ स्थित बाबुसाहेव टोलमा भएको आगलागी पिडितहरुले आवास निमार्णाका लागि आग्रह गरेका छन्। गत शनिवार भीषण आगलागी हुदा घर जलेर ध्वस्त भएपछि उनीहरुले अहिले खुल्ला आकास मुनी त्रिपालको साहारामा रात बिताउदैं आएका छन । 

बुधवार परेको अविरल वर्षा र हावाहुरीका कारण आगलागीबाट घरबार विहिन भएका अग्नि पिडित परिवारको विचल्लि भएको छ। अबिरल बर्षा संगै  चिसो बढेपछि वालवालिका र वृद्धवृद्धाहरु प्रभावित भएका छन् । 

अग्नि पिडितहरुले सरकारी निकाय, स्थानीय सरकार लगायत दुइदर्जन भन्दा बढी संघसंस्थाहरुले निरन्तर सहयोग गर्दै आई रहेका भए पनी बस्ने आवास नभएका कारण उनीहरुको विचल्लि भएको छ। आगलागी पिडित परिवारले खाध्धन्न, लत्ताकपडा लगायतका हरेक प्रकारको सहयोग पाई रहेका छन। 

उनीहरुलाई हरेक दिन सो ठाउमा पुगेर दाता तथा विभिन्न संघसंस्थाहरुले केहि न केहि राहत सहयोग गर्दै आएका छन्। विभिन्न संघसंस्थाहरुले गरेको  राहत सहयोग अहिले पर्याप्त भएको भए पनी अग्नि पिडितहरुले घर तथा आवास निमार्णका लागि आग्रह गरेका छन । 

आगलागी पिडित निर्मला हास्दाले आफुहरु अहिले त्रिपालको भरमा वसिरहेको वताईन ।  घर निमार्णाका लागि सहयोग गर्न आग्रह गरिन । खाधन्न लत्ताकपडा सवै प्रकारको सहयोग आफुहरुले पाई रहेको सरकारी निकाय तथा विभिन्न संघसंस्थाहरुलाई धन्यावाद दिदै उनले वस्नका लागि घरको ज्यादै समस्या भएको बताए । 

त्यस्तै, अर्का पिडित वावुलाल वेस्राले टिनको छानो भएको घर आगलागीमा खरानी भएपछि आवासका लागि समस्या भएको बताए ।  हेर्दा हेर्दै दुई घन्टामा गाउनै सखाप भएको बताउदै उनले भने घर नहुदा वालवालिका तथा वृद्धवुद्धाहरुलाई निकै समस्या भएको उनको भनाई थियो। 

पछिल्लो समय पिडतिहरुले खानेपानीका लागि टयुवेल र घर निमार्णका लागि देश विदेसमा रहेका नेपाल दाजुभाई  संग सहयोगको याचना समेत गरेका छन ।  

उनका अनुसार खानको लागि अहिले सहयोग भएपनि घर नहुदा विचल्लीमा परेको भन्दै उनले देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदि वहिनीहरुलाई आवास निमार्णमा सहयोग गर्न आग्रह गरेका थिए। उनका अनुसार हरेक प्रकारको सहयोग आफुहरुले पाएको बताए। तर, घर निमार्णका लागि कहि कतैवाट पहल नभएको उनको भनाई थियो। 

अग्नी पिडितको एउटै भनाई छ सवै कुरा पुगो अव घर भैदिए जीवन यापनमा केहि सहज हुने थियो। स्थानीय टंक ठकुरीले सरकार तथा गैरसरकारी निकायल उनीहरुलाई ४ देखि ५ महिनासम्म पुग्ने खाध सामाग्री सहयोग प्राप्त गरि सकेको बताए। आगलागी  पिडित परिवारलाई आवासको खाचो रहेको बताए ।  तत्काल आवास निमार्णका लागि सहयोग पु¥याउन सवैसंग उनको समेत आग्रह थियो ।

आगलागी पिडितहरुको आवास निमार्ण तथा सहयोगका लागि रंगेली नगरपालिकाले कृषि विकास बैंकमा क्युआर र्कोड खोलेर खाता संचालनमा ल्याएको छ। आगलागी पिडितका लागि खाता खोलेर सहयोग गर्न चाहने महानुभावहरुले सो खातामा रकम जम्मा गर्न समेत पालिकाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...