News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङ रंगेलीका अग्नि पिडीतका लागि आवासको समस्या

    रबिन्द्र बराल, मोरङ
    १२० पटक

    चैत्र-९, शुक्रबार/मोरङ – मोरङको रंगेली–३ स्थित बाबुसाहेव टोलमा भएको आगलागी पिडितहरुले आवास निमार्णाका लागि आग्रह गरेका छन्। गत शनिवार भीषण आगलागी हुदा घर जलेर ध्वस्त भएपछि उनीहरुले अहिले खुल्ला आकास मुनी त्रिपालको साहारामा रात बिताउदैं आएका छन । 

    बुधवार परेको अविरल वर्षा र हावाहुरीका कारण आगलागीबाट घरबार विहिन भएका अग्नि पिडित परिवारको विचल्लि भएको छ। अबिरल बर्षा संगै  चिसो बढेपछि वालवालिका र वृद्धवृद्धाहरु प्रभावित भएका छन् । 

    अग्नि पिडितहरुले सरकारी निकाय, स्थानीय सरकार लगायत दुइदर्जन भन्दा बढी संघसंस्थाहरुले निरन्तर सहयोग गर्दै आई रहेका भए पनी बस्ने आवास नभएका कारण उनीहरुको विचल्लि भएको छ। आगलागी पिडित परिवारले खाध्धन्न, लत्ताकपडा लगायतका हरेक प्रकारको सहयोग पाई रहेका छन। 

    उनीहरुलाई हरेक दिन सो ठाउमा पुगेर दाता तथा विभिन्न संघसंस्थाहरुले केहि न केहि राहत सहयोग गर्दै आएका छन्। विभिन्न संघसंस्थाहरुले गरेको  राहत सहयोग अहिले पर्याप्त भएको भए पनी अग्नि पिडितहरुले घर तथा आवास निमार्णका लागि आग्रह गरेका छन । 

    आगलागी पिडित निर्मला हास्दाले आफुहरु अहिले त्रिपालको भरमा वसिरहेको वताईन ।  घर निमार्णाका लागि सहयोग गर्न आग्रह गरिन । खाधन्न लत्ताकपडा सवै प्रकारको सहयोग आफुहरुले पाई रहेको सरकारी निकाय तथा विभिन्न संघसंस्थाहरुलाई धन्यावाद दिदै उनले वस्नका लागि घरको ज्यादै समस्या भएको बताए । 

    त्यस्तै, अर्का पिडित वावुलाल वेस्राले टिनको छानो भएको घर आगलागीमा खरानी भएपछि आवासका लागि समस्या भएको बताए ।  हेर्दा हेर्दै दुई घन्टामा गाउनै सखाप भएको बताउदै उनले भने घर नहुदा वालवालिका तथा वृद्धवुद्धाहरुलाई निकै समस्या भएको उनको भनाई थियो। 

    पछिल्लो समय पिडतिहरुले खानेपानीका लागि टयुवेल र घर निमार्णका लागि देश विदेसमा रहेका नेपाल दाजुभाई  संग सहयोगको याचना समेत गरेका छन ।  

    उनका अनुसार खानको लागि अहिले सहयोग भएपनि घर नहुदा विचल्लीमा परेको भन्दै उनले देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदि वहिनीहरुलाई आवास निमार्णमा सहयोग गर्न आग्रह गरेका थिए। उनका अनुसार हरेक प्रकारको सहयोग आफुहरुले पाएको बताए। तर, घर निमार्णका लागि कहि कतैवाट पहल नभएको उनको भनाई थियो। 

    अग्नी पिडितको एउटै भनाई छ सवै कुरा पुगो अव घर भैदिए जीवन यापनमा केहि सहज हुने थियो। स्थानीय टंक ठकुरीले सरकार तथा गैरसरकारी निकायल उनीहरुलाई ४ देखि ५ महिनासम्म पुग्ने खाध सामाग्री सहयोग प्राप्त गरि सकेको बताए। आगलागी  पिडित परिवारलाई आवासको खाचो रहेको बताए ।  तत्काल आवास निमार्णका लागि सहयोग पु¥याउन सवैसंग उनको समेत आग्रह थियो ।

    आगलागी पिडितहरुको आवास निमार्ण तथा सहयोगका लागि रंगेली नगरपालिकाले कृषि विकास बैंकमा क्युआर र्कोड खोलेर खाता संचालनमा ल्याएको छ। आगलागी पिडितका लागि खाता खोलेर सहयोग गर्न चाहने महानुभावहरुले सो खातामा रकम जम्मा गर्न समेत पालिकाले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १, २०८२ (मे १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ...

    पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

    पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका...

    मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

    काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका...

    परराष्ट्रले सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

    काठमाडौं, वैशाख ३१ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको मिति सार्न...