चैत्र-७,बुधबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रङ्गेली नगरपालिका ३ स्थित बाबु साहेब टोलमा भएको आगलागी पीडित परिवारका महिलाहरू दिदि-बहिनीहरुलाई साडी वितरण गरेको छ।
सहकारी संस्थाले ३५ घर परिवारलाई साडी वितरण गरेको हो। संस्थाले एक कार्यक्रमको आयोजना गर्दैं उपमेयर भूमा पराजुली, वडाअध्यक्ष भरत प्रसाईं, संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर र स्थानीय समाजसेवी बुद्धिजीवी लगायतको विशेष उपस्थितिमा ३५ थान साडी वितरण गरिएको हो।
संस्थाले यस्तो सामाजिक कार्यलाई हरेक ठाउँमा गर्दै आइरहेको बताएको छ। आगामी दिनमा पनि यस्तो सहयोगको लागि संस्था सदैव तत्पर रहेको संस्थाका अध्यक्ष ठाकुरले हिमालीसंचारडटकमसंग बताए।
अध्यक्ष ठाकुरका अनुसार सो गाउँका तीनजना एसईई दिने तीन जना विद्यार्थीहरूलाई समेत परिक्षामा आवश्यक पर्ने शैक्षिक सामग्रीहरू उपलब्ध गराउने र एसईई परिक्षापछि उनीहरू इन्जिनियरिङ्ग पठनपाठन गर्नु पर्ने भए उनीहरुलाई आवश्यक सहयोग गर्ने समेत बताए ।