News Portal

मोरङ रंगेलीका अग्नि पिडितका बालबालिकाहरुलाई कपि र ब्याग वितरण

रबिन्द्र बराल, मोरङ
३४३ पटक

चैत्र-५, सोमबार/मोरङ – रङ्गेली नगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरूका प्रधानाध्यापक र शिक्षा साखाका कर्मचारीहरूको संयुक्त आयोजनामा अग्निपिडित बालबालिकाहरूलाई विद्यालय जानबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ प्रधानाध्यापकहरूले आर्थिक सङ्कलन गरी १७ हजार रुपैयाँ बराबरको कपी, डट पेन र ब्याग वितरण गरिएको छ।

स्थानीय अग्नी पिडित परिवारका विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुन सहज होस भन्ने उदेश्य सहित यस्तो सामाग्री वितरण गरिएको सहयोगदाताहरुले बताएका छन्। रङ्गेली नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको विशेष सक्रियतामा विद्यार्थीहरुलाई राहत स्वरुप शिक्षा सामग्री वितरण गरिएको शिक्षा अधिकृत रबिन्द्र पण्डित, प्रअ अरबिन्द कुमार साह,अर्जुन राजवंशी, जय प्रसाद पाठक, नित्यानन्द दास, महेन्द्र पण्डित, ज्योति राजवंशी, उमेश पण्डित, प्रदीप न्यौपाने, विश्वर्शिङ राई, अभिन सरदार हरिश्चन्द्र अधिकारी,कमलचन्द राजवंशी, राजेश राजवंशी, लाल बहादुर अधिकारी, राजदेव यादव, उषा निरौला लगायतको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

अस्मिता  मुर्मू , रोसन मुर्मु , सुनिल मुर्मु, विपिन मुर्म, भूमिका मुर्मू ,  अमृता  मुमू, दिपेश मुर्मु लगायत ३१ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

रङ्गेली नगरपालिका वडा नम्बर ३ स्थित बाबु  साहेव टोलमा भएको आगलागिका पीडित परिवारका  बालबालिकाहरुको आगलागीबाट किताव-कपी  जलेर नष्ट भएपछि विद्यार्थीहरू पढाइबाट वञ्चित भएका थिए भने यस्तो शैक्षिक सामग्रीले विद्यार्थीहरूको आत्मबल बढाउने र विद्यालय समेत नियमित जाने भएको हुनाले यस्तो सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापकहरुले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...