News Portal

मोरङ रंगेलीका अग्नि पिडितका बालबालिकाहरुलाई कपि र ब्याग वितरण

रबिन्द्र बराल, मोरङ
३३० पटक

चैत्र-५, सोमबार/मोरङ – रङ्गेली नगरपालिका भित्र रहेका सार्वजनिक विद्यालयहरूका प्रधानाध्यापक र शिक्षा साखाका कर्मचारीहरूको संयुक्त आयोजनामा अग्निपिडित बालबालिकाहरूलाई विद्यालय जानबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ प्रधानाध्यापकहरूले आर्थिक सङ्कलन गरी १७ हजार रुपैयाँ बराबरको कपी, डट पेन र ब्याग वितरण गरिएको छ।

स्थानीय अग्नी पिडित परिवारका विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुन सहज होस भन्ने उदेश्य सहित यस्तो सामाग्री वितरण गरिएको सहयोगदाताहरुले बताएका छन्। रङ्गेली नगरपालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको विशेष सक्रियतामा विद्यार्थीहरुलाई राहत स्वरुप शिक्षा सामग्री वितरण गरिएको शिक्षा अधिकृत रबिन्द्र पण्डित, प्रअ अरबिन्द कुमार साह,अर्जुन राजवंशी, जय प्रसाद पाठक, नित्यानन्द दास, महेन्द्र पण्डित, ज्योति राजवंशी, उमेश पण्डित, प्रदीप न्यौपाने, विश्वर्शिङ राई, अभिन सरदार हरिश्चन्द्र अधिकारी,कमलचन्द राजवंशी, राजेश राजवंशी, लाल बहादुर अधिकारी, राजदेव यादव, उषा निरौला लगायतको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

अस्मिता  मुर्मू , रोसन मुर्मु , सुनिल मुर्मु, विपिन मुर्म, भूमिका मुर्मू ,  अमृता  मुमू, दिपेश मुर्मु लगायत ३१ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

रङ्गेली नगरपालिका वडा नम्बर ३ स्थित बाबु  साहेव टोलमा भएको आगलागिका पीडित परिवारका  बालबालिकाहरुको आगलागीबाट किताव-कपी  जलेर नष्ट भएपछि विद्यार्थीहरू पढाइबाट वञ्चित भएका थिए भने यस्तो शैक्षिक सामग्रीले विद्यार्थीहरूको आत्मबल बढाउने र विद्यालय समेत नियमित जाने भएको हुनाले यस्तो सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापकहरुले बताए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...