News Portal

गैरआवासीय नेपाली संघको बार्षिक साधारण सभा सम्पन्न

हिमालीसंचार संवाददाता
३२४ पटक

चैत्र-५, सोमबार/काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को बार्षिक साधारण सभा हिजो काठमाडौ स्थित होटल लो मुस्ताङ्ग, ठमेल नर्सिङ्ग चोकमा सम्पन्न भएको छ। संघका पूर्वअध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

साधारण सभामा नेपालका भेरी नगरपालीका, आठ्बिस्कोट नगरपालिका र तरकेश्वर नगरपालिका मेयरहरुको विशेष उपस्थिति रहेको थियो। त्यस्तै,  संघका वर्तमान तथा पूर्व पदाधिकारीहरु र प्रतिनिधिहरुको उपस्थित रहेको थियो। संघको बिधान अनुसार बार्षिक साधारण सभा र महाधिवेशन भौतिक रुपमा नेपाल नै उपस्थि भएको थियो।  

साधारण सभाको उद्घाटन सत्रमा गत २०२२ को मार्चमा सम्पन्न एनआरएनएको १०औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित अन्तराष्ट्रिय परिषदले २ बर्षको अबधिमा गरेका कार्यक्रमहरु, सामाजिक सेवा र परियोजना लगायतको जानकारी समेत गराए। नयाँ परियोजनाहरुको संझौता र थालनी पनि गरिएको थिए। 

संघले भूकम्प प्रभावित क्षेत्र आठबिस्कोट र भेरी नगरपालिकामा पुन:निर्माणका दुइ (२) वटा परियोजनाहरु गर्ने संझौतामा हस्ताक्षर गरेको छ। त्यस्तै, तरकेश्वर नगरपालिकामा मोनोरेल संचालन गर्ने विषयमा अर्को संझौतामा हस्ताक्षर भएको छ। कोरियन कम्पनी र नेपाली गैरआवासीय नेपालीले संचालन गरेको नेपाली कम्पनिबीच कोरियन कस्मेटिक्स उत्पादन र बितरण गर्ने ब्यबसायिक संझौतामा हस्ताक्षर समेत गरिएको छ।

यस बाहेक विभिन्न सामाजिक सेवाका कम गर्ने, Entrepreneurship & Enterprising Development लाई निरन्तर दिने,  संघका नियमित गतिबिधि गर्ने, साधारण सभामा युरोप, ओसीयानिया, मध्येपूर्व तथा अफ्रिका, एशिया र अमेरिकाज गरी ६ क्षेत्रका २५ भन्दा धेरै देशका राष्ट्रिय स्तरका एनआरएनए र ४० भन्दा धेरै देशका गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा पूर्व उपाध्यक्ष सोनाम लामा, पदाधिकारी र एनसीसी प्रतिनिधिहरुले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटेर संघबारे जानकारी गराएको थियो। मन्त्री श्रेष्ठले संघ तीन हुनु राम्रो भएन, अरुलाई पनि त्यहि भनेको र एक भन्दा धेरै हुँदै आफू संलग्न नहुने जानकारी दिंदै उहाँले संघ एउटा हुन बिनोदजीले नै पहल गरेर आउन समेत आग्रह गरेका थिए।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...