News Portal

कुवेतमा मृत्यु भएका तीन जनाको शव नेपाल आइपुग्यो

हिमालीसंचार संवाददाता
२३९ पटक

चैत्र-५, सोमबार/काठमाडौं – कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीन जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ। गत मंगलबार बिहान कुवेतमा एक लोकल कनवेती नागरिकले चलाएको गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकहरुको गाडीको ठक्करबाट मृत्यु भएको थियो । उनीहरूको शव पोष्टमार्टमपछि कुवेतबाट नेपाल पठाइएको हो। णनीहरुको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेका छन्। 

कुवेतको महाबुल्ला एरियामा गत मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपाली नागरिकको ज्यान गएको थियो। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट सानो भर्याङका सुजन कार्की, अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

उनीहरु कुवेत स्थित पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...