News Portal

विराटनगरमा प्रेमी समेत झुन्डिएको अबस्थामा भेटिए, थप अनुसन्धानमा प्रहरी

Rabindra Baral, Morang
५७८ पटक

चैत्र-५, सोमबार/मोरङ – विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन्। 

उनको घाँटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनको हत्या शिवशंकर दासले गरेको भन्दै पक्राउ गर्न सर्च अपरेशन जारी राखेका थिए । 

पत्रकार दाससंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने, शिवशंकरले शनिबार आफु भारतको दिल्लीमा रहेको बताएका थिए। तर, प्रहरीले ट्रयाक गरेको लोकेशनबाट उनि विराटनगरमा रहेको पुष्टि भएको थियो। आइतबार विराटनगरको विभिन्न होटल र गेष्ट हाउसमा सर्च अपरेशन जारी राख्दा विरानगरको नोबेल हस्पिटल नजिकै रहेको होटल फाइनमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

होटल फाइन नर्स मरेको घरबाट नजिकै रहेको छ। अहिले घटना स्थलको मुचुल्का उठाइदै छ ।  सिराहाको फुल्काहकट्टी घर भएकी चंद्रीका कुमारी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् । उनको बिहिबार साँझ करिब ५ बजे शिवशंकर दास(प्रेमी)ले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ । 

घटनापछि उनका प्रेमी भनिएका सिरहाका शिवशंकर सम्पर्कविहीन थिए। शिवशंकर केहि दिन अघि मात्र मलेसियाबाट आएको प्रहरी श्रोतले जनाएको छ । अधिकृतले भने प्रहरीले खोज्दै गरेको आरोपीत शिवशंकर अहिले झुण्डिएको अवस्थामा फेला परेको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...