News Portal

विराटनगरमा प्रेमी समेत झुन्डिएको अबस्थामा भेटिए, थप अनुसन्धानमा प्रहरी

Rabindra Baral, Morang
६२९ पटक

चैत्र-५, सोमबार/मोरङ – विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन्। 

उनको घाँटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनको हत्या शिवशंकर दासले गरेको भन्दै पक्राउ गर्न सर्च अपरेशन जारी राखेका थिए । 

पत्रकार दाससंग कुरा गर्दै एक प्रहरी अधिकृतले भने, शिवशंकरले शनिबार आफु भारतको दिल्लीमा रहेको बताएका थिए। तर, प्रहरीले ट्रयाक गरेको लोकेशनबाट उनि विराटनगरमा रहेको पुष्टि भएको थियो। आइतबार विराटनगरको विभिन्न होटल र गेष्ट हाउसमा सर्च अपरेशन जारी राख्दा विरानगरको नोबेल हस्पिटल नजिकै रहेको होटल फाइनमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

होटल फाइन नर्स मरेको घरबाट नजिकै रहेको छ। अहिले घटना स्थलको मुचुल्का उठाइदै छ ।  सिराहाको फुल्काहकट्टी घर भएकी चंद्रीका कुमारी दास नोबेल अस्पतालमा काम गर्दै विराटनगरमा बस्दै आएकी थिइन् । उनको बिहिबार साँझ करिब ५ बजे शिवशंकर दास(प्रेमी)ले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिन्छ । 

घटनापछि उनका प्रेमी भनिएका सिरहाका शिवशंकर सम्पर्कविहीन थिए। शिवशंकर केहि दिन अघि मात्र मलेसियाबाट आएको प्रहरी श्रोतले जनाएको छ । अधिकृतले भने प्रहरीले खोज्दै गरेको आरोपीत शिवशंकर अहिले झुण्डिएको अवस्थामा फेला परेको बताए।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...