News Portal

  • भोजपुरको मालबाँसेमा आगलागी हुदा ८ घर जलेर पूर्ण रुपमा नष्ट

    अशोक बान्तावा, भोजपुर
    १७९ पटक

    चैत्र-४, आइतबार/भोजपुर – भोजपुरमा जंगलबाट सुरु भएको आगलागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ । भोजपु्र नगरपालिका-१२ स्थित टक्सारको मालेबाँसेस्थित जंगलबाट सुरु भएको डढेलो बस्तिमा सल्किदा स्थानीयको ८ घर जलेर नष्ट भएको हो ।

    हिजो शनिबार करिब २ बजेतिर जंगलबाट सल्किएको आगो बस्तिमा फैलिएपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो ।

    भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए ।

    आगलागी हुदा मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए। स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगलागी हुदा कति क्षति पु¥याएको मालबाँसे बस्तिबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको हो। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए । 

    आगालागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पिडित नरबहादुर कार्कीले बताए।  सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ८ गतेको राशिफल

    आज साउन ८, २०८२ (जुलाई २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए कतारको एकता अधिवेशन २५ जुलाईमा हुँदै

    दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति २५ जुलाई शुक्रबार दोहास्थित क्राउन...

    दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र...

    गणतन्त्रमाथिको चुनौतीप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : प्रचण्ड

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

    विद्या भण्डारीको एमाले सदस्यता निष्क्रिय : महासचिव पोखरेलको भनाइ

    काठमाडौँ, साउन ७ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता अब...