आज : २०२६-०६-३०, मङ्गलबार

मोरङ रंगेलीका आगलागी पिडीत परिवारलाई रेडक्रसद्वारा राहत वितरण

चैत्र-४, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित बाबुसाहेव टोलमा आचानक आगलागी हुँदा २५ घर जलेर नष्ट भएको थियो।  आगलागी पिडीतलाई आज  नेपाल रेडक्रस सोसाइटी विराटनगरद्वारा राहत वितरण गरिएको छ। 

हिजो शनिबार दिउँसो करिब २ विद्युतको पोलबाट आगलागी हुदा बस्ति नै विचल्लिमा परेको थियो। आगलाली हुदा २ घण्टाभित्र पुरै  गाउँ नै खरानी भएपछि स्थानीय गाउँहरुको बिचल्ली भएको थियो। 

आगलागी हुदा विचल्ली परेका घर-परिवारलाई आज विराटनगर स्थित रेडक्रस सोसाइटीले राहत वितरण गरेका हुन्। आज आइतबार बिहान रेडक्रसका प्रतिनिधिहरू आएर उनीहरूलाई राहत वितरण गरेको हुन् ।