News Portal

तेह्रथुममा आगलागी हुदा ५ घर जलेर पूर्णरुपमा नष्ट

१ करोड १६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान!

अभीन माबो, झापा
१९६ पटक

चैत्र-४, आइतबार/तेह्रथुम – आठराई गाउँपालिका १ संक्रान्तिबजार नजिकैको पुराना गाउँमा शनिबार बेलुकी करिब ५ बजे आगलागी हुँदा ४ घर जलेका पूर्णरुपमा नष्ट भएका छन्। स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका छन् ।

गाउँ नजिकै रहेको स्याखोक जंगलमा लागेको डढेलो बस्तिमा सल्किएपछि ती घरहरु जलेको इलाका प्रहरी कार्यालय संक्रान्तिले जनाएको छ। बस्तीमा सल्किएको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । तर, जंगलको आगो भने नियन्त्रणमा बाहिर रहेको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए ।

आगलागीमा अन्नपात, लत्ताकपडा, गरगहना र पशु चौपायसमेत जलेका छन् । आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँको धनमाल क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ। त्यस्तै, शनिबार नै म्याङलुङ नगरपालिका ४ पिप्ले गैरीगाउँका रुद्र तामाङको घर पनी आगलागीबाट नष्ट भएको बताईएको छ।  

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...