चैत्र-२, शुक्रबार/मोरङ – मोरङको सुन्दरहरैचा नगरपालिका- ३ स्थित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई प्रहरी पक्राउ गरिएको छ ।
मोरङको बेलबारीबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३.५ केजी अवैध लागू औषध गाँजा सहित नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँ र डिजिटल तराजु र विभिन्न कम्पनिको मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सोही क्रममा सोही स्थान बस्ने २३ बर्षीय प्रज्वल सुवेदी र २० बर्षीय आशीष ठाकुरको पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित प्रहरीले पक्राउ गरिएको छ।
त्यसैगरी सुन्दरहरैचा नगरपालिका-५ बलिया बस्ने २४ बर्षीय संगम आचार्यको साथबाट पनी प्रहरीको टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा (४) चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।