News Portal

धरानबाट भोजपुरका लागि छुटेको जीप उदयपुरमा दुर्घटना हुदा ८ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
८४७ पटक

चैत्र-२,बिहीबार/धरान – सुनसरीको धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको को१ज २५९३ नम्बरको जिप बिहीबार करिब १०ः३० बजेतिर उदयपुरको बेलका-७ मैनामैनीमा दुर्घटना हुदा ८ जना यात्रुको मृत्यु भएको छ।

जीप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो। उक्त दुर्घटनामा सात जना यात्रुको घटनास्थलमै र एक जना यात्रुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार अहिलेसम्म मृतक सबैको सनाखत भएको जानकारी दिए ।

मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राई रहेका छन् ।

जीप दुर्धटना पश्चात किशन राईको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुको उद्धार गरी धरान लगिएको थियो ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । घाइतेहरुको पनि बिस्तृत विवरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको कारणले जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...