News Portal

धरानबाट भोजपुरका लागि छुटेको जीप उदयपुरमा दुर्घटना हुदा ८ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
८३५ पटक

चैत्र-२,बिहीबार/धरान – सुनसरीको धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको को१ज २५९३ नम्बरको जिप बिहीबार करिब १०ः३० बजेतिर उदयपुरको बेलका-७ मैनामैनीमा दुर्घटना हुदा ८ जना यात्रुको मृत्यु भएको छ।

जीप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो। उक्त दुर्घटनामा सात जना यात्रुको घटनास्थलमै र एक जना यात्रुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार अहिलेसम्म मृतक सबैको सनाखत भएको जानकारी दिए ।

मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राई रहेका छन् ।

जीप दुर्धटना पश्चात किशन राईको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुको उद्धार गरी धरान लगिएको थियो ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । घाइतेहरुको पनि बिस्तृत विवरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको कारणले जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...