News Portal

धरान उपमहानगरले आगामी बर्षदेखि फिल्मलाई पनी बजेट छुट्याउँछ: मेयर साम्पाङ

अशोक तिरुवा, धरान
६५३ पटक

चैत्र-१, बिहिबार/धरान – धरान उपमहानगरपालिकाले आगामी वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ। फिल्म ‘महाजात्रासँग स्थानीय सरकार, सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई “हर्क साम्पाङ”ले उक्त कुरा बताएका हुन् ।

धरानमा रहेका फिल्म छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने नगर प्रमुख साम्पाङले बताएका हुन् । ‘नेपाली फिल्मको विषयमा नगर प्रमुख साम्पाङ आफूले गम्भीर रुपमा सोचेको छु,’ उनको धारणा रहेको थियो। उनले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु।  नेपाली कला संस्कृतिको विकासमा आफू गम्भीर रहेको समेत बताए ।

पूर्वाञ्चलमा रहेका अभिनेता हरिवंश आचार्यले नगरप्रमुख साम्पाङको काम गर्ने शैलीको आफू प्रशंसक रहेको बताएका थिए । धरानमा आफू अभिनित फिल्म ‘बलिदान’ छायांकन गरेको स्मरण गर्दै उनले फिल्मका लागि धरान प्रमुख गन्तव्य रहेको समेत स्मरण गरेता थिए ।

त्यस्तै,  अभिनेता रवीन्द्रसिंह बानियाँले सरकारसँग आफूहरुले हातेमालोको आशा राखेको बताएका थिए । फिल्म छायांकनका लागि लोकेसनको खोजीमा सहजीकरणका लागि स्थानीय सरकारसंग उनको आग्रह थियो । अभिनेता विपिन कार्कीले छायांकन स्थलको लागि कहिलेकाहीं लफडा हुने बताए ।

अभिनेता रवीन्द्र झाले छायांकन स्टुडियो जरुरी रहेको बताए। अभिनेत्री वर्षा राउतले लोकेसनको खोजीमा उपमहानगरले सहजीकरण गर्नुपर्नेु बताइन् । महिला कलाकारलाई फिल्म छायांकनमा असहज हुने भएकाले स्थानीय सरकारले समन्वय गर्नुपर्नेु बताइन् ।

‘महाजात्रा’ आगामी चैत ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ । फिल्म टोली अहिले प्रवर्द्धनका लागि देश दौडाहामा रहेका छन्। सोही शिलसिलामा टोली पूर्वको धरान पुगेका हुन्। 

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...