News Portal

नेपाल टेलिभिजनमार्फत हेरिने “कमेडी च्याम्पियन” पूर्वाञ्चलको दुई शहरमा प्रदर्शन हुने

हिमालीसंचार संवाददाता
५२१ पटक

फाल्गुण-२६, शनिबार/धरान – नेपाल टेलिभिजन र युट्युव च्यानलमार्फत मनोरञ्जन लिदैं हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वाञ्चलको दुई ठुला शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ ।

नेपाल टेलिभिजनको पर्दामा मात्र सजिलै सँग हेरिदै आएको कमेडी च्याम्पियनको परिवारलाई नै अब पूर्वाञ्चलका दुई शहरमा लाइभ हेर्न पाइने भएको हो । शनिबार कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र कमेडियनद्वय सुमन कार्की र कैलाश कार्कीले बिर्तामोड र इटहरीमा पत्रकार सम्मेलन गरी ‘महाकमेडी’ यात्राको बारेमा जानकारी दिएका हुन्। 

निर्देशक भण्डारीका अनुसार यही चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को टिम सँग मिलेर बिर्तामोड र इटहरीमा महाकमेडी प्रदर्शन गर्न लागेको जानकारी दिएका हुन्। 

कमेडी च्याम्पियनका दीपाश्री निरौला, सुमन कार्की, कैलाश कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, प्रशान्त लामा, सन्तोष थापा, पवन भट्टराई, सुशान्त बश्याल, पूजान अधिकारी लगायतले आफ्ना प्रस्तुति दिने कार्यक्रम रहेको छ । सेटमै गएर लाइभ हेर्न इच्छा रखेका र हेर्न नपाएका पुर्वका दर्शकहरुको लागि कमेडी शो कसरी खिचिन्छ? लाइभ कस्तो हुन्छ? भन्ने कुरा जानकारी होस र लाइफ स्वाद लिन पाउन भएको होस् भन्ने हेतुले टुर गरेको भण्डारीले बताए। 

अनेककामबाट थाकेका सम्पूर्ण पुर्वेली दर्शकहरुको लागि मनोरञ्जन र फ्रेस बनाउन महत्वपूर्ण खुराक बन्ने च्याम्पियन टिमको दावी छ। कलाकार कमेडियन सुमन कार्कीले यसरी सेट नै छाडेर पहिलो पटक कमेडी च्याम्पियन टिम संगै महाकमेडी यात्रा गर्न पाउदा आफुलाई परिवार सँग तिर्थ यात्रा गएको जस्तो अनुभव भएको सुनाए । 

आफुहरुले केही समय अमेरिका यात्राको दौरानमा पनि केही नयाँ अनुभव लिए पनि यसपटक परिवारनै यात्रामा निस्किदा निकै फरक अनुभव र रमाइलो भएकाले दर्शकहरुकै अगाडी बसेर प्रस्तुति दिन पाउदा निकै उत्साहित रहेको बताए।

हामीले टिभीमै देखिरहेको केन्द्रिय राजनीतिलाई व्यङग्य गरेकै रोस्ट हानेकै कमेडी हेर्न पर्ने हो भन्ने पत्रकारको जिज्ञासामा कार्कीले स्थानीय स्तरकै समसामयिक बिषयलाई मिठो कोसेली पस्किने तयारी रहेको र आएका दर्शकलाई निराश बनाएर नपठाउने बताए। 

त्यस्तै, अर्को कमेडियन कैलाश कार्कीले टेलिभिजनमै देखिरहेको स्वाद स्थानीय तवरले मजाले हेर्न पाउने र टिभिमा हेरेकै जस्तै पाहुना सहित प्रस्तुति दिन पाउदा निकै उत्साहित भएको सुनाए । 

टिमका अनुसार यही फागुन ३० गते बिर्तामोडको सिटी सेन्टर स्थित साइ पार्टी प्यालेस र चैत्र १ गते इटहरी २ आपगाछी स्थित इम्पेरियल पार्टी प्यालेसमा साझा ५ बजेदेखि सुरु हुने छ । कार्यक्रममा  सहभागी हुन रु.५०० रुपैयाको टिकट खरिद गर्न पर्ने छ भने बिधार्थीका लागि आइडी कार्ड देखाएर रु.५०० मा दुई वटा टिकट पाउने आयोजकले जनाएको छ। 

कार्यक्रमको स्टेजमा गेस्टको रुपमा ‘महाजात्रा’ का मुख्यकलाकारहरु हरीबंश आचार्य, बिपिन कार्की, बर्षा राउत, रबिन्द्र सिंह बानिया, राजाराम पौडेल, निर्देशक प्रदिप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री रहने छन्। यात्रा गत फागुन २१ गतेदेखि सुरु गरेर  दुई चरणमा गरिएको छ। पश्चिमका पोखरा, बुटवल, हेटौंडा सकेर टिम पुर्वका शहरहरुमा कार्यक्रम गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...