News Portal

धर्म प्रचार गर्दै हिँडेका २ विदेशीसहित ४ जना पक्राउ

६१३ पटक

बुटवल : सुकुम्बासी वस्तीमा इसाइ धर्म प्रचार गर्दै हिँडेको अभियोगमा प्रहरीले २ विदेशीसहित ४ जनालाई बुटवलको मोतीपुर क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जापानी नागरिक ४९ बर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा, गोरखा बारपाक घर भई हाल बुटवल ९ सुख्खानगर बस्ने ३५ बर्षीया तीर्थमाया घले, रुपन्देही तिलोत्तमा नगरपालीका नयाँ मिल बस्ने २५ बर्षीया पुष्पा घिमिरे रहेका छन् ।

बुटवल १७ मोतीपुर क्षेत्रको सुकुम्बासी वस्तीका गरीब परिवारमा इसाइ धर्म प्रचार गरिरहेको अवस्थामा स्थानीय वासिन्दाले खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले धर्मको प्रचार सामाग्रीसमेत बरामद गरेको छ ।

हिन्दू धर्म वाहियात हो, मठ मन्दिर सैतानको घर हो भन्दै इसाइ धर्मको प्रचार गरेको देखेपछि आफुहरुले प्रहरीलाई खबर गरेको स्थानीय रबी पौडेलले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको वडाप्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख, प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

उनीहरु सहित धर्म प्रचार गर्ने समूहमा १०/१२ जना रहेको स्थानीय वासिन्दाको दाबी छ । धर्म परिवर्तन गराउने कार्यमा संलग्न अन्य समूहको बारेमा पनि आवस्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...