News Portal

धर्म प्रचार गर्दै हिँडेका २ विदेशीसहित ४ जना पक्राउ

५७२ पटक

बुटवल : सुकुम्बासी वस्तीमा इसाइ धर्म प्रचार गर्दै हिँडेको अभियोगमा प्रहरीले २ विदेशीसहित ४ जनालाई बुटवलको मोतीपुर क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जापानी नागरिक ४९ बर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा, गोरखा बारपाक घर भई हाल बुटवल ९ सुख्खानगर बस्ने ३५ बर्षीया तीर्थमाया घले, रुपन्देही तिलोत्तमा नगरपालीका नयाँ मिल बस्ने २५ बर्षीया पुष्पा घिमिरे रहेका छन् ।

बुटवल १७ मोतीपुर क्षेत्रको सुकुम्बासी वस्तीका गरीब परिवारमा इसाइ धर्म प्रचार गरिरहेको अवस्थामा स्थानीय वासिन्दाले खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले धर्मको प्रचार सामाग्रीसमेत बरामद गरेको छ ।

हिन्दू धर्म वाहियात हो, मठ मन्दिर सैतानको घर हो भन्दै इसाइ धर्मको प्रचार गरेको देखेपछि आफुहरुले प्रहरीलाई खबर गरेको स्थानीय रबी पौडेलले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको वडाप्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख, प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

उनीहरु सहित धर्म प्रचार गर्ने समूहमा १०/१२ जना रहेको स्थानीय वासिन्दाको दाबी छ । धर्म परिवर्तन गराउने कार्यमा संलग्न अन्य समूहको बारेमा पनि आवस्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...