News Portal

धरानमा २४औं बुढासुब्बा गोल्डकप भोली शनिबारदेखि शुरु हुदै

हिमालीसंचार संवाददाता
४०० पटक

फाल्गुण-२५, शुक्रबार/धरान – धरान उपमहानगरपालिका धरानमा २४औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही शनिवारदेखि धरान वडा नं. १६ स्थित रंगशालामा शुरु हुने भएको छ। आयोजकले उक्त प्रतियोगिताबारे अन्तिम जानकारी पत्रकार सम्मेलन गर्दै धरान फुटबल क्लबले जानकारी दिएको हो।

आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले जनाएको छ। क्लवको नयाँ नेतृत्वसँगै बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका थिए।

क्लबले हालसम्म २३ वटा संस्करण हुदासम्म कुनै पनी उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका सहित आयोजकले आफ्नो टिमको पूर्ण तयारी गरिएको क्लबका महासचिव नविन राईले बताए । 

फाल्गुण-२६ गते शनिबार हुने उद्घाटन खेलमा आयोजक धरान र युकेएफसी भारतबीच खेल हुने भएको छ। प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ३ गते हुने भएको छ। भोली शनिबार हुने उद्घाटन  खेलमा धरानका नगर प्रमुख हर्क राज राई “साम्पाङ”ले उद्धाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाए। 

आयोजकले समाचार संकलनका लागि आउने पत्रकारहरुलाई गेटबाहिर छुट्टै पार्किङको व्यवस्था गरिएको जानकारी दिए। त्यहाँ शुल्क नलाग्ने पनि अध्यक्ष तामाङँले जानकारी दिए। यस पटक पास र सवारी साधानको पार्किङको उचित व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

मदिरा कम्पनिहरुको विज्ञापनमा सरकारले रोक लगाएपछि प्रायोजक घटेको अवस्थामा पहिलो पुरस्कारका लागि धरान हङकङ मञ्च र दोस्रो पुरस्कारका लागि धरान समाज युकेले प्रायोजन गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले क्रमश ट्रफीसहित नगद १० लाख र उपविजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए ।

आयोजित पत्रकार सम्मेलनमा एनि स्पोट्र्स कन्काई गार्मेन्टका अध्यक्ष सन्तोष थोप्राले आयोजक क्लबका खेलाडीहरुको लागि जर्सी र ट्रयाकसुट हस्तान्तरण गरेका थिए। आयोजक र युकेएफसीबाहेक लिग च्याम्पियन चर्च ब्वाईज क्लब, एनआरटी काठमाडौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र नेपाल पुलिस क्लबको सहभागिता रहने क्लबका महासचिव नविन राईले जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...