News Portal

  • धरानमा २४औं बुढासुब्बा गोल्डकप भोली शनिबारदेखि शुरु हुदै

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    फाल्गुण-२५, शुक्रबार/धरान – धरान उपमहानगरपालिका धरानमा २४औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही शनिवारदेखि धरान वडा नं. १६ स्थित रंगशालामा शुरु हुने भएको छ। आयोजकले उक्त प्रतियोगिताबारे अन्तिम जानकारी पत्रकार सम्मेलन गर्दै धरान फुटबल क्लबले जानकारी दिएको हो।

    आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले जनाएको छ। क्लवको नयाँ नेतृत्वसँगै बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका थिए।

    क्लबले हालसम्म २३ वटा संस्करण हुदासम्म कुनै पनी उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका सहित आयोजकले आफ्नो टिमको पूर्ण तयारी गरिएको क्लबका महासचिव नविन राईले बताए । 

    फाल्गुण-२६ गते शनिबार हुने उद्घाटन खेलमा आयोजक धरान र युकेएफसी भारतबीच खेल हुने भएको छ। प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ३ गते हुने भएको छ। भोली शनिबार हुने उद्घाटन  खेलमा धरानका नगर प्रमुख हर्क राज राई “साम्पाङ”ले उद्धाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाए। 

    आयोजकले समाचार संकलनका लागि आउने पत्रकारहरुलाई गेटबाहिर छुट्टै पार्किङको व्यवस्था गरिएको जानकारी दिए। त्यहाँ शुल्क नलाग्ने पनि अध्यक्ष तामाङँले जानकारी दिए। यस पटक पास र सवारी साधानको पार्किङको उचित व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

    मदिरा कम्पनिहरुको विज्ञापनमा सरकारले रोक लगाएपछि प्रायोजक घटेको अवस्थामा पहिलो पुरस्कारका लागि धरान हङकङ मञ्च र दोस्रो पुरस्कारका लागि धरान समाज युकेले प्रायोजन गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले क्रमश ट्रफीसहित नगद १० लाख र उपविजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए ।

    आयोजित पत्रकार सम्मेलनमा एनि स्पोट्र्स कन्काई गार्मेन्टका अध्यक्ष सन्तोष थोप्राले आयोजक क्लबका खेलाडीहरुको लागि जर्सी र ट्रयाकसुट हस्तान्तरण गरेका थिए। आयोजक र युकेएफसीबाहेक लिग च्याम्पियन चर्च ब्वाईज क्लब, एनआरटी काठमाडौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र नेपाल पुलिस क्लबको सहभागिता रहने क्लबका महासचिव नविन राईले जानकारी दिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...

    आज २०८२ साल कार्तिक ४ गतेको राशिफल

    आज कार्तिक ४, २०८२ (अक्टोबर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...