News Portal

मोरङको रंगेलीमा “रंगेली अस्पताल” आइसीयू, ओपिडी र बिलिङ काउण्टरको उद्घाटन

रबिन्द्र बराल, मोरङ
३३७ पटक

फाल्गुण-२४, बिहिबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रंगेली अस्पतालमा नयाँ  आइसीयू, ओपिडी र बिलिङ काउण्टरको एक कार्यक्रमको आयोजना गर्दे उद्घाटन गरिएको छ।

रंगेलीमा नवनिर्मित रंगेली अस्पतालमा आइसीयू सेवा, ओपिडी र बिलिङ काउण्टरको एक कार्यक्रमको आयोजना गर्दै मेयर दिलिप बगडीयाले उद्घाटन गरेका हुन्।

आयोजित कार्यक्रममा मेयर बगडीयाले रंगेली अस्पतालका सेवाहरु निरन्तर विस्तार गर्दै लैजाने र  विगतमा नगरका स्थानीय जनताहरु सामान्य उपचारका लागि समेत नगर बाहिर जानु पर्ने साथै मोटो रकम र समय खर्चिएर विराटनगरमा रहेको अस्पतालहरुमा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो। अब यो समस्या सँधैका लागि समाधान हुने बताए। 

अस्पताललाई हालको अस्थासम्म ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्ने सवैलाई धन्यवाद दिनुका साथै  जनताको घर आगनमै सुविधा सम्पन्न अस्पताल निर्माण भइसकेकाले रंगेली मात्र नभई आसपासका गाउँ तथा नगरपालिका र सिमावर्ती भारतीय नागरिकहरु समेत लभान्वित हुने बताए । 

अहिले रंगेली नगरपालिकाका अति विपन्न, भूमिहिन तथा सुकुम्बासी परिवारका सदस्यहरुका लागि निःशुल्क उपचारका लागि नगरपालिकाले आफै लगानी गरेर निःशुल्क स्वास्थ्य वीमा मार्फत उपचार सेवा दिँदै आएको छ । बिगत दिनहरुमा अस्पतालमा आइसीयु सुविधा नहुँदा निकै समस्या हुँदै आएको थियो। विराटनगर पठाउनुपर्ने बाध्यतालाई मध्ये नजर राख्दै हालको लागि ६ बेडको आइसियू सेवा विस्तार गरिएको छ।

नवनिर्मित अस्पतालमा विरामीको सहज सुविधाका लागि डिजिडल कुपनको व्यवस्था गरिएको, सहज बिलिङ काउण्टर, कन्सल्टेन्ट डाक्टरसहितको सुविधा सम्पन्न ओपीडि सेवा, प्रतिक्षास्थलले विरामीलाई निकै रहज भएको स्थानीयले  बताए । 

आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा ठाकुर, उमेयर भूमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवाल, सदस्य पुर्सोतम काफ्ले, अजिम आलाम, मेसु डाक्टर बसन्त कुमार साह, डाक्टर सुरज अर्याल, समाजसेवी  मनोज अग्रवाल, स्थानीय रामनारायण मण्डल, सुरेश मिश्र,  विनोद मण्डल, पन्नालाल मण्डल, शंकर प्रसाद साह, विभिन्न वडाका अध्यक्षहरु स्थानीय बुद्धिजीवी, विभिन्न स्थानीय संस्था प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।  

रंगेली अस्पताल सुविधा सम्पन्न बन्नु नहरवासीका लागि मात्र नभएर सो क्षेत्रका स्थानीय जनताका लागि समेत खुशिको विषय भएको र कार्यक्रममा रंगेली अस्पतालमा यतिबेला निरन्तर पूर्वाधार निर्माणको काम अघि बढीरहेको समेत जानकारी दिए। उनले थप भवनहरु निर्माण कार्य सम्पन्न भएसँगै सेवाहरु पनि विस्तार हुदै जाने बताए । 

आयोजित कार्यक्रममा रंगेली नगरपालिकाको विभिन्न शाखाका प्रमुख एवम् कर्मचारीहरु, स्थानीय राजनाीतिक दलका प्रतिनिधिहरु, स्थानीय वुद्धिजिवि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...