News Portal

मोरङको रंगेलीमा दादुरा रूवेलाको खोप अभियानका लागि गोष्टी सम्पन्न

रबिन्द्र बराल, मोरङ
२२२ पटक

फाल्गुण-२३, बुधबार/मोरङ – राष्ट्रिय खोप कार्यक्रम रंगेली नगरपालिकामा संचालन भएको छ। रंगेली वडा नम्बर ७ ले फाल्गुण-२९ गतेदेखि आफ्नो वडाबासीहरुलाई लक्षित गर्दे खोप अभियान शुरु गरेको हो ।

वडा कार्यालयको भवनमा दादुरा रूवेला खोप अभियानका बिषयमा एकदिने अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको हो। उक्त कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मंण्डल, वडा सचिव शर्मिला ठाकुर, अस्पताल नर्सिङ निरीक्षक संस्थागत क्लिनिक प्रमुख वर्षा श्रेष्ठ, स्थानीय पुनम सापकोटा, अनिल कुमार महतो, सन्तोष राउत, अन्नपूर्ण मण्डल  लगायतको उपस्थिति रहेको थियो ।

वडाले दादुरा रूवेला खोप अभियान संचालनका लागि  ६ मिहनादेखि १५ बर्ष सम्मको बालबालिकाहरुलाई  खोप लगाउ हुन रंगेली वडा नम्बर ७ का अभिभावकहरुलाई  हार्दिक अनुरोध समेत गरेको छ । 

सोही अनुरुप निचामारी विद्यालयमा २९ गते,  अविजित दत्त आधारभूत विद्यालय ३० गते,  आदर्श माध्यमिक विद्यालयमा चैत्र १ गते, सनगोलरी  बोर्डिङ स्कुलमा ४ गते,  मिनिल्याण्ड बोर्डिङ स्कुलमा ४ र ५  गते, भानु मेमोरियल बोर्डिङ स्कुलमा ६ गते, माउन्ट मकालु बोर्डिङ स्कुलमा ७ गते र ८ गते संस्थागत क्लिनिकमा ११ बजेदेखि खोप लगाउन नगरबासीका अभिभावकहरुलाई आफ्नो बालबालिकाहरुलाई समयमै नजिकैको खोप केन्द्रमा पुर्याएर दादुरा र रुवेलाको खोप लगाउन समेत सबैलाई जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...