News Portal

हेटौडा जीतपुर सिमरामा मंगलबार यात्रुबस दुर्घटना हुँदा ३० जना यात्रु घाईते

युवा राई, हेटौडा
२२१ पटक

फाल्गुण-२३, बुधबार/पथलैया – हेटौडा सडकखण्ड अन्तर्गत जीतपुरसिमरा-२२ स्थित तीन नम्बर पुलको बजार नजिक हिजो मंगलबार एक यात्रुबस दुर्घटना हुँदा ३० जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका २२ जना यात्रुको अहिले उपचार भईरहेको र जसमध्ये दुई जनालाई आइसियुमा राखिएको छ। धाईतेहरुको हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार जनाको भईरहेको छ । अन्य सामान्य घाइते भएका यात्रुहरु घर फर्किएका छन् ।

हेटौडाबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको यात्रुबस तीन नम्बर पुलको बजार नजिकैं बस खोलामा खसेको हो । घटनालगत्तै स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए ।

घटनालगत्तै पुगेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गाडीले समेत पाँच यात्रुलाई उद्धार गरी अस्पताल लगेको थियो। हेटौंडाबाट फर्कने क्रममा दुर्घटना भएको देखेपछि पाँच जनालाई उद्धार गरेर तत्कालै हेटौंडास्थित अस्पताल लगिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार सुरु भएपछि महानगरको गाडी वीरगन्ज फर्किएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...